ज्ञानु सङ्गम खड्का :

मोडल साजन कट्टेल र मिनाक्षी महतराको अभिनय रहेको गीत “कहिले माया” इन्टरनेटमा सार्वजनिक भएको छ
सार्वजनिक गीतमा बहुचर्चित गायक उदित नारायण झाको आवाज रहेको छ। भने, बिद्या प्रसाफ घिमिरेको शब्द अनि मनोज सिंहको संगीत रहेको छ। गीतका एरेन्जर धिरेन श्रेष्ठ हुन।
गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक बनेको छ। भिडियोमा साजन र मिनाक्षीको गज्जबको रोमान्स देख्न सकिन्छ।
उनीहरुको अभिनयले दर्शकको मन आकर्षित गर्छ। भिडियोमा साजन र मिनाक्षीको अभिनय प्रशंसा गर्न योग्य छ।
सम्मान चौलागाईंको निर्माणमा बनेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन। भिडियोमा राम कुमार केसीको छायांकन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ।
हेर्नुस भिडियो…









