एजेन्सी : रसियाको एक अस्पतालमा आगलागी हुँदा ५ जनाको ज्यान गएको छ । रसियाको सेन्ट पिटर्सबर्गस्थित एक अस्पतालको भेन्टिलेटरमा भार बढी भएर आगलागी भएको जनाइएको छ ।
रसियाको इमरजेन्सी मन्त्रालयका अनुसार उक्त आगलागीमा परि आइसियुका ५ जना कोरोना संक्रमितको मृत्यु भएको र १ सय ५० जनाको उद्धार गरिएको जनाइएको छ ।
ओभरलोडका कारण मेसिनमा आएको खराबीका कारण आगलागी भएको जनाइएको छ । रुसमा हालसम्म २ लाख २१ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने २ हजार बढीको मृत्यु भइसकेको छ ।











