अभिनेत्री स्वेता खड्का सेतो पहिरनमा यस्तो देखिइन्

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् श्वेता खड्का। धेरैजसो आफ्नो चलचित्र र समाजसेवाबाट चर्चामा आइरहने उनी पछिल्लो समय पनि आफ्नो नयाँ लुक्सका कारण चर्चामा आएकी छिन् ।

कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण घरमै समय बिताइरहेकी उनले फोटोशुट गर्दै सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् ।  

तस्बिरमा उनी सेतो पहिरनमा निकै सुन्दरी देखिएकी छिन् । सेतो रंगको गाउन लगाएकी उनको तस्बिमा फ्यानहरुले राम्रा कमेन्ट गरेका छन् । श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी नायिका श्वेता सामाजिक कार्यमा पनि निकै सक्रिय छिन् ।

प्रतिक्रिया