जुन पहिलो हप्ता अमेरिकामा कोरोनाबाट मर्नेको संख्या एक लाख पुग्न सक्ने

एजेन्सी – अमेरिकाको नेशनल पब्लिक हेल्थ इन्स्टिच्युट सेन्टर्स फर डीजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक रोबर्ट रेडफील्डले जुन एक तारिखसम्म अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख पार हुन सक्ने बताएका छन् । 

सीडीएसले १२ वटा छुट्टाछुट्टै भविष्यवाणी मोडल अध्ययन गरेर कोरोना भाइरसबाट हुने मृतकको संख्याको अनुमान लगाएका हुन् । यस विषयमा जे पनि हुन सक्ने अध्ययनमा उल्लेख छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाबाट मृत्यु हुनेको संख्यामा कम हुँदै जाने बताउँदै आएका छन्  । 

अहिलेसम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ ।

अमेरिकामा मृत्यु हुनेहरुको संख्या ८७ हजार ४९३ पुगिसकेको छ । सीडीएसले अमेरिकी नागरिकहरुले संक्रमणबाट बच्नको लागि अपनाएका नियम र सरकारले कोरोना रोकथामको लागि चालेका कदमलाई आधार मानेर मृत्यु हुनेको संख्या अनुमान लगाएको हो । 

प्रतिक्रिया