बलिउडमा आउनु अघि कल सेन्टरमा काम गर्थिन नायिका जरीन खान

एजेन्सी : सलमान खान संग विर चलचित्र बाअत आफ्नो फिल्मी करिअर सुरु गरेकी बलिउड नायिकाले कमजोर आर्थिक अवस्थाको कारण आफ्नो पढाइलाई बिचमै छोड्नु परेको थियो ।

नायिका जरिन फिल्म डाइरेक्टर बन्न चाहन्थिन तर उनको घरको कमजोर आर्थिक अवस्थाका कारण नोकरी गर्नुपर्ने बाध्यता थियो । उनले २३ बर्षको उमेरमा फिल्मी दुनियाँना प्रवेश गरिन तर धेरैलाई थाहा नहुन सक्छ त्यो भन्दा अगाडि जरिनले कमजोर आर्थिक अवस्थाका कारण कल सेन्टरमा काम गर्थिन ।

भारतिय मिडियाका अनुसार जरिनले कल सेन्टरमा काम गर्दै आफ्नो मोडलिङ करिअर सुरि गरेका थिए ।

जरिन खानले आफ्नो सफलताको श्रेय बलिउड नायक सलमान खानलाई दिन्छिन् , जरिनका अनुसार वीर चलचित्रमा सलमान संग चलचित्र गर्न पाएकै कारण आज उनको यो स्टाटस बनेको हो ।

चलचित्र वीर पछि उनले हाउसफुल २ , हेअत स्टोरि ३ र १९२१ जस्ता सफल चलचित्रमा काम गरिसकेकी छिन् । जरिन खानले बलिउड चलचित्र संगै पंजाबी र तालिम चलचित्रमा पनि काम गर्दै आएकी छिन् ।

प्रतिक्रिया