काठमाडौं :बलिउड स्टार अमिताभ बच्चन ७७ बर्षको उमेरमा पनि जुन किसिमले बलिउड चलचित्र उद्योगमा सक्रिय छन् त्यो धेरैका लागी प्रेरणाको स्रोत हुन सक्छ ।
अमिताभ बलिउडमा कयौं कलाकार भन्दा सक्रिय छन् । उनी फिटनेसको मामिलामा पनि कसैभन्दा कम छैनन् । र अमिताभ बच्चन सोशल मिडियामा पनि उत्तिकै सक्रिय छन् ।
उनी दैनिकी रुपमा जिम जाने गर्छन् । उनले आफ्नो टुइटरमा जिम जानू अगाडिको तस्वीर शेयर गर्दै लेखेका छन – ‘चलें भैया जिम बाद में मिलते हैं’ ।
जुन उनको यो पोस्ट सामाजिक संजालमा निकै भाइरल संगै प्रशंसा पाउदै आएको छ ।
७७ बर्षको उमेरमा पनि अमिताभ बच्चन जिम संगै चलचित्र र विभिन्न एडको बिज्ञापनमा देखिदै आएका छन् ।









