बिशालको ‘एकादेश’ (भिडियो सहित)

अहिले  सामाजिक सञ्जाल र देशको राजनीति नेपाल-भारत सीमा विवादको कारण फेरि एकपटक तातेको छ ।

नेपाल-भारत सीमा विवाद चलिरहदा गायक संगीतकार विशाल पौडेलले आफ्ना भावानाहरुलाई समेटेर राष्ट्रियताले ओतप्रोत गीत ‘एकादेश’  सार्वजनिक गरेका छन्।

हाम्रो देश कतै भूगोलमा मात्र सिमित हुने हो कि बन्ने हो कि भन्ने चिन्ता यस गीतमा व्यक्त गरिएको छ। गीतमा शब्द, संगीत , स्वर र संगीत संयोजन स्वयम् गायक विशाल पौडेलको रहेको छ । गीतमा प्रिन्स नेपालीको सारंगीको मिठो धुन सुन्न सकिन्छ ।

हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको भिडियोलाई संजित के घिसिङ्ले निर्माण गरेका हुन् । भिडियोले दर्शक , स्रोता  र मिडिया हाउस बाट राम्रो साथ पाइरहेको छ ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया