लकडाउनमा ६ हजार ४७७ अन्तर्राष्ट्रिय यात्रु फर्किए

लकडाउनको अवधिमा नेपालमा रोकिएका ६ हजारभन्दा बढी हवाई यात्रु विभिन्न मुलुक फर्किएका छन् ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यका अनुसार बन्दाबन्दीको अवधिमा कार्गो र चार्टर्ड गरी जम्मा ८३ अन्तर्राष्ट्रिय उडान भएका छन् । ती उडानबाट ६ हजार ४७७ यात्रु बाहिरिएका छन् ।

यो सङ्ख्यामध्ये केही नेपाली पनि हुन् । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयको समन्वयमा उनीहरुलाई स्वदेश फर्कन सहजीकरण गरेको थियो ।

प्रतिक्रिया