सुवास वाबु घिमिरे (कृषि प्राविधिक)
नेपाल एक कृषिप्रधान देश हो । यहाँकाकरिब ६६ प्रतिशत किसान विहान वेलुकाको छाक टार्न कृषिमा निर्भर छन् । देशको राजनितिक अस्थिरता, असमान भौगोलिक बनावट, दक्ष जनशक्ति अवसरको खोजिमा विदेश पलायन ,जलवायु परिवर्तन जस्ता समस्याले गर्दा नेपालको कृषि क्षेत्रमा आधुनिकिकरण र व्यावसायिकरण हुन सकेको छैन । किसान माझ पुग्नुपर्ने उन्नत प्रविधिहरु नपुगेकै कारण उत्पादन लागत बढी हुनको साथै गुणस्तरहीन उत्पादन भैरहेको छ । यसै सन्दर्भमा गुणस्तरीय उत्पादनका लागि किसान माझ छिट्टै पुर्याउनुपर्ने थोपा सिचाइ प्रविधिको बारेमा केहि चर्चा गर्ने जमर्को गरेको छु ।
विश्वमा थोपा सिचाइ प्रविधिको बिकास सर्वप्रथम सन् १९६० मा इजरालका सिम्का ब्लास्ट नामक कृषि वैज्ञानिकले गरेका हुन । विश्वको कृषि क्षेत्रलाई आधुनिक बाटोमा डो¥याने उदेश्यले थोेपा सिचाइको पहिलो प्रयोग इजरायलले गरेका थियो । त्यही प्रविधिलाई अनुसरण गर्दै हाल नेपालमा पनि शलोम एग्रीकल्चर, नेपाल थोपा सिचाइ, शितल थोपा सिचाइ जस्ता नीजि सँस्थाहरुले र नेपाल सरकारले थोपा सिचाई प्रविधि किसानलाई हस्तान्तरण गरिरहेका छन् ।
सुक्ष्म सिंचाइका विभिन्न प्रकारहरू मध्ये थोरै पानीबाट धेरै ठाउँमा(ठुलो क्षेत्रफलमा) सिंचाइ गर्नको लागि प्रयोग गरिने सरल, भरपर्दो र वैज्ञानिक सिंचाइको तरिका नै थोपा सिंचाई हो । थोपा सिंचाइ प्रयोग गर्न सुरुको लागत अलि बढि भए पनि तत्पश्चात सिंचाइको लागि हुने खर्च धेरै हदसम्म न्युनीकरण गर्न सकिन्छ । धेरै कृषक र कृषि क्षेत्रका सम्बन्धीत ग्रामिण भेगका मानिसहरूमा थोपा सिंचाइ मंहगो सिंचाइ प्रणाली हो भन्ने मानसिकता रहेको पाइन्छ । सानो क्षेत्रमा सिंचाइ गर्नका लागि केहि बर्ष अगाडी देखि नै ४ लाइन, ६ लाइन सम्म सञ्चालन गर्न सकिने थोपा सेट बजारमा आइसकेको छ ।
व्यवसायिक खेतिमा पनि उत्पादनको गुणस्तर राम्रो बनाउन देखि उत्पादन लागत घटाउन समेत थोपा सिंचाइको महत्वपूर्ण योगदान हुन्छ ।थोपा सिचाइ प्रत्येक विरुवाको फेदमा पानीको थोपा थोपा झारेर सिचाई गरिने प्रविधि हो । यो प्रविधिमा प्लाष्टिक पाइपबाट प्रत्येक विरुवाको फेदमा पानीलाई थोपाको रुपमा पठाउने भएकोले पानी थोरै हुने क्षेत्रमा वर्षाको पानी संकलन गरी थोपाको माध्यमबाट पनि पठाउने गरिन्छ । अहिलेको अवस्थामा थोपा सिचाइ प्रविधि एक तिहाइ किसान माझ पनि नपुगेको आकलन गरिन्छ ।
थोपा सिंचाइबाट किसानलाई हुने फाइदाहरूः
क. पानीको बचत : थोपा सिंचाइमा पानिलाई विरुवाको फेदसम्म थोपाको रुपमा पठाइने हुदा थोरै पानिबाट पनि बढि क्षेत्रफलमा सिंचाइगर्न सकिन्छ । सिंचाइका अरु विधिहरूमा सिधै विरुवाको जरा क्षेत्रमा पानीको मात्रा नपुग्ने कारणले गर्दा पानीको मात्रा बढि चाहिन्छ । थोरै पानीको मात्राले पनि सिंचाइगर्न सकिने हुनाले यो प्रविधि कम पानीहुने क्षेत्रमापनि बढि उपयोगी भएको छ । यसले गर्दा पानीको समुचित प्रयोग र बचतमा सहयोग पुग्दछ ।उखु बालिमा थोपा सिचाइको प्रयोगले ४०˗४५ % सम्म पानीको बचत भएको अनुभब किसानहरुको छ ।
ख. Fertigation and Chemigation : थोपा सिंचाइको अर्को महत्वपूर्ण पाटो मलखाद व्यबस्थापनमा सरलता पनि हो । यसमा पानी जम्मा गर्ने ट्याङ्कीमा पानीमा घुलनशील हुन सक्ने मलहरूलाई घोली पानीसङ्गै विरुवाको फेदमा पठाउन सकिन्छ । जसलाई प्राविधिक भाषामाँ Fertigation भनिन्छ । यसरी विषादिहरूलाई पनि थोपामार्फत पठाउन सकिन्छ, जसलाई प्राविधिक भाषामा Chemigation भनिन्छ । यसरी विषादिलाई पानीसङ्गै थोपाको माध्यमबाट पठाउदा धेरै फाइदाहरू हुने गर्दछन्ः
मित्रजिवको सुरक्षा˗हामीले धेरै हदसम्म जराक्षेत्रबाट विषादि पठाउँदा मित्र जिवहरूको सुरक्षागर्न सकिन्छ । जस्तै लाहीको लागि बिषादि छर्दा वा स्प्रे गर्दा स्त्री स्वभावको खपटे पनि मर्छ तर यहि बिषदि जरा क्षेत्रबाट पठाउने हो भने यस्ता धेरै मित्र जिवहरूको सुरक्षागर्न सकिन्छ ।
यसरी बिषादि प्रयोग गर्दा खान योग्यभाग (फल,फूल) मा सिधै नपर्ने हुनाले केहीहदसम्म स्वस्थ उत्पादन लिन सकिन्छ ।
बिषादि स्प्रे गर्दा मानिसलाई हुने विभिन्न शारीरिक असरहरू जस्तै; छालाको एलर्जी, बमिटिङ, टाउको दुखाइ आदि बाट पनि उन्मुक्ति पाउन सकिन्छ ।
ग.समय र लागतको बचतः थोपा सिंचाइमा मलखाद, बिषादि थोपाकै माध्यमबाट पानीसङ्गै पठाइन्छ साथै थोपा सिंचाइ प्रयोग गरेको ठाउँमा झारपातको समेत प्रकोप कम हुने हुँदा सिंचाइ, मलखाद, बिषादि व्यवस्थापनमा लाग्ने खर्च न्युनीकरण हुन्छ र समयको पनि बचत हुन्छ । यसले गर्दा उत्पादनलागत घटाई मुनाफा बढाउन समेत सहयोग पुग्दछ ।
घ. बिरुवाको जरा क्षेत्रमाहुने अनावश्यकतनाबकम हुन्छः सिचाइका विभिन्न विधिहरूले माटोको सतहमा कडापन ( Hard surface pan ) सिर्जना गरी Infiltration (माटोको सतहबाट बिरुवाको जरा क्षेत्रमा पानी जाने प्रक्रिया ) र Aeration (माटोमा हुने हावाको आवतजावत)को दर घट्न गइ जरा क्षेत्रमाअनावश्यक तनाव उत्पन्न गराउँदछन्, तर थोपा सिंचाइमा प्रत्येक बिरुवाको फेदमा थोपाको माध्यमबाट पानी दिइने हुनाले जरा क्षेत्रमा हुनेअनावाश्यक तनाव कम गर्न सकिन्छ ।
ङ वातावरण मैत्री प्रविधि : थोपा सिचाइमा वातावरण प्रदुषणलाइ सघाउ पुराउने क्रियाकलापहरु ज्यादै कम हुन्छन। यसमा मलखाद र विषादि समेत थोपा कै माध्यमबाट पठाइने हुदायसलाई वातावरण मैत्री प्रविधिको रुपमा समेत लिने गरिन्छ ।
च .समान बृद्धि विकास र समान गुणस्तर : थोपासिचाइमा सबै बिरुवाहरुमा पानी साथै मलखाद समान वितरण हुने हुदा सबै विरुवाहरुको बृद्धि र विकास समान हुन्छ र उत्पादनमा पनि समान गुणस्तर कायम हुन्छ। जसले गर्दा बजारमुल्यमा थोरै वृद्धि हुनुका साथै ग्राहकहरुको मागपनि बढ्न जान्छ।
छ. युवाआकर्षण : थोपा सिचाइको प्रयोग कम झन्झटिलो, सरल साथै वैज्ञानिक हुने हुदा पछिल्लो समय मायुवाहरुको कृषिप्रतिको आकर्षण वढ्दो छ। जसले कृषि क्षेत्रलाई व्यावसायिक, उत्पादनमुखी र स्वरोजगारको क्षेत्रको रुपमा विकसित गर्नमा समेत ठूलो भुमिका निर्वाह गरेको छ ।
उपयुक्तबालीहरु
थोपा सिचाइ विशेष गरी लाइनमा रोप्न मिल्ने वा रोपिने वालीहरु जस्तै तरकारी, फलफूलआदिको लागि उपयुक्त मानिन्छ । सुरुको लागत अलिकति बढी हूने भएकोले सामान्यतया High Value Crops हरुको लागि यसको प्रभाबकारीता बढी हुने गर्दछ । हाल थोपा सिचाइको प्रयोग तरकारी, फलफूल सङ्गसङ्गै जडीबुटी र उखु लगायतका नगदे बालीमा समेत गर्न थालिएको छ ।
अन्तमा ,थोपा सिचाई प्रबिधि छिटो भन्दा छिटो किसान माझ पुह्याउन सरकारी ,गैरसरकारी ,विधार्थी ,पत्रकार सबैले आ—आफ्नो क्षेत्रबाट पहल गरी किसानले झेलिरहेका समस्या न्यूनिकरणमा सहयोग गरौ । जसले गर्दा किसानले गुणस्तरीय कृषिवस्तु सहजताका साथ उत्पादन गरी बजारसमक्ष पु¥याउन सकुन ।










