नेपालगन्ज :

मानवअधिकारका विषयमा ३ दिने क्षमता अभिबृद्धि तालिम नेपालगन्जमा शुरु भएको छ ।
स्थानीय तहमा मानवअधिकार प्रबद्र्धन तथा कार्यन्वयनका लागि बाँकेको डुडुवा गाउँपालिकामा गठित हिंसा निगरानी समुहका पदाधिकारीहरुका लागि तालिम आयोजना गरिएको हो ।
तालिममा मानवअधिकार, अवधारणा, विशेषता, सिद्धान्त, हिंसा निगरानी समुहको जिम्मेवारी, घटना दर्ता, घटना पहचिान, प्रक्रिया, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानून र सरकारको प्रतिबद्धताका बारेमा राष्टिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाई, अधिबक्ता विश्वजीत तिवारी, अधिबक्ता इश्वरी ज्ञवाली, अधिबक्ता सुनिता ज्ञवाली, अधिकारकर्मी प्रकाश उपाध्यायले सहजीकरण गर्नुहुनेछ ।
तालिम पश्चात समुहका सदस्यहरुले गाउँघरमा भएका मानवअधिकार सम्वन्धी घटनाहरुको पहिचान गर्ने, परामर्श दिने, सम्वन्धित निकाय न्यायिक समिति तथा अन्य निकायमा घटना सिफारिस गर्ने, सामुदायिक मेलमिलापकर्ताको सहयोगमा विवाद समाधान गर्नमा सहयोग पुरयाउने कार्य गर्ने संस्थाका कार्यक्रम संयोजक टेकनाथ आचार्यले बताउनुभयो ।
पारस्पारिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत सूचना र मानवअधिका अनुसन्धान केन्द्रले आयोजना गरेको तालिममा हिंसा निगरानी समुहका २५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिमका सहभागिहरुले विषयबस्तुका बारेमा जानकारी लिनुका साथै समुहगत छलफल समेत गर्ने जनाइएको छ ।
संस्थाले बाँकेको डुडुवा र बर्दियाको बढैयाताल गाउँपालिकामा मानवअधिकार सम्वन्धी कार्यक्रम संचालन गरेको छ ।









