नेपालगन्ज : नेपालगन्जमा पहिलो पटक सुबिधा सम्पन्न जुस बार संचालनमाआएको छ।
राजधानी काठमाडौं, पोखरा, चितबन, बुटवलमा केही बर्ष अगाडी देखि नै जुस सेन्टर संचालनमा आएता पनि यहाँ भने आफुले नेपालगन्जमा नयाँ शैलीमा ‘जुस बार’ संचालनमा ल्याएको बारका प्रोपराइटर सन्जय गुप्ता बताउछन् ।
नेपालगन्जको त्रिभुवन चोकमा अवस्थित जुस बारमा सबै किसिमको जुस, कोल्ड ड्रीङ्स, आइस्क्रीमका साथै सबै किसिमको ताजा फलफूल को जुस उपलब्ध रहने गुप्ता बताउछन् ।
स्वास्थको लागी फलफूल निकै जरुरी छ त्यसैले भारत तथा बिदेशमा सबै किसिमको फलफुलको मिक्स जुस तथा मिक्स फलफूल खाने अत्याधिल चलन छ , अब यो चलन नेपालगन्जमा जुस बारले प्रदान गर्ने गुप्ता बताउछन् ।











