बागेश्वरी हेल्थ कलेजले मनायो सातौ बार्षिक उत्सब

नेपालगन्ज :

बागेश्वरी हेल्थ कलेजले मनायो सातौ बार्षिक उत्सब

प्राविधिक शिक्षामा अग्रसर नेपालगन्जको बागेश्वरी हेल्थ कलेजले आज सातौ बार्षिक उत्सब नयाँ विद्यार्थी स्वागत एवम् बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजका अध्यक्ष दुर्गा बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा उत्कृष्ट कर्मचारीको रुपमा कृष्ण राज पाैडेललाई सम्मान गरिएको थियो ।

उत्कृष्ट विद्यार्थी भनेर लिला बुढा मगर, अनुशासित बिध्यार्थी सृष्टि बिष्ट, नियमित बिध्यार्थी मिनु चाैधरी सम्मानित भए ।

विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कलेजले तीन बर्से ल्याब टेक्निसियन र रेडियाेग्राफि अध्यापन गराइरहेको कलेजका प्रिन्सिपल शिशिर सापकाेटाले जानकारी दिए ।


कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक बाबुतरुण गाैतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

बागेश्वरी हेल्थ कलेजले मनायो सातौ बार्षिक उत्सब
बागेश्वरी हेल्थ कलेजले मनायो सातौ बार्षिक उत्सब

प्रतिक्रिया