अमेरिकामा कोरोनाविरुद्ध भ्याक्सिनको विश्वकै ठूलो क्लिनिकल परीक्षण सुरु

अमेरिकन बायोटेक कम्पनी मोडेर्ना र राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले कोरोनाविरुद्धको भ्याक्सिनको अहिलेसम्मको ठूलो क्लिनिकल परीक्षण अमेरिकामा सुरु गरेका छन् । सोमबार सुरु गरिएको उक्त क्लिनिकल परीक्षण तेस्रो चरणको परीक्षण हो । यो परीक्षण अमेरिकाका झन्डै १ सय वटा शोधस्थलहरुमा गरिने भएको छ ।

यद्यपि, अहिलेसम्म यो भ्याक्सिनले साँच्चै नै कोरोनाबाट जोगाउँछ भनेर प्रमाणित भने भइसकेको छैन । परीक्षणमा सहभागी भएकाहरूलाई पनि वास्तविक भ्याक्सिन दिइएको हो वा नक्कली भ्याक्सिनले परीक्षण गरिएको भन्ने जानकारी दिइएको छैन । झन्डै ३० हजार स्वयंसेवकहरूलाई यो भ्याक्सिन दिएपछि यसको प्रभावकारिता अन्तिम चरणमा मूल्याङ्कन गरिने जनाइएको छ । 

दुईवटा खुराक दिएपछि वैज्ञानिकले दैनिक कामकारबाहीका क्रममा कुन समूह बढी संक्रमित हुन्छन् भन्ने कुराको निकै सूक्ष्म तरिकाले अध्ययन गर्नेछन् ।


प्रतिक्रिया