नेपालगञ्ज :

नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज शनिवार समावेशी प्यानलका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् ।
समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवालले उम्मेदवारी दर्ता गर्नुभयो ।
त्यस्तै समावेश प्यानलको तर्फबाट सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट उम्मेदवारी दर्ता गर्नुभयो ।
बस्तुगत तर्फ भिमलाल कँडेल (होटल व्यवसायी संघ बाँके अध्यक्ष) , सिद्धान्तजङ्ग राणा सिद्धु (टेन्ट व्यवसायी संघ बाँके)ले मनोनयन दर्ता गर्नुभयो । यसैगरी एशोसिएट तर्फ दिपेन्द्र विष्ट र सुवास विक्रम जिसीले उम्मेदवारी दर्ता गर्नुभयो ।
उम्मेदवारी दर्ता गर्न समावेशी प्यानलका उम्मेदवार तथा शुभेच्छुकले र्याली सहित नेपालगञ्ज नगरपरिक्रमा गरेका थिए ।
र्याली न्यूरोडस्थित सचिवालयबाट शुरु भएर सेतुबिक, धम्वोझीचोक, बिपीचोक र त्रिभुवनचोक हुँदै नेपालगञ्ज उद्योग वाणिज्य संघमा रहेको निर्वाचन आयूक्तको कार्यालयमा पुगेको थियो ।
र्यालीमा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य दामोदर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, पूर्व महासचिव अशोक कर्माचार्य लगायतका संयौ उद्योगी, व्यवसायी सहभागि थिए ।











