नेपालगञ्ज :

नेपालगन्ज उद्योग बाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागी ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले नेपालगन्जमा बृहत र्याली सहितको शक्ति प्रदर्शन गर्दै शनिवार आफ्नो मनोनयन दर्ता गरेको छ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको सचिवालयमा भेला भएका सयौं उद्योगी व्यावसायी न्यूरोड, धम्वोजी, घरबारी टोल, त्रिबेणीमोड हुँदै मनोनयन दर्तास्थल उद्योग बाणिज्य संघको कार्यालय त्रिभुवन चोक पुगेर उमेदवारले उमेदवारी दर्ता गराएका थिए ।
साझा प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्षमा ललित कुमार रौनियारको उम्मेदवारी दर्ता भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल शर्मा प्रस्ताबक र निर्वाचन प्रचार प्रसार सचिवालयका संयोजक ध्रुव प्रसाद दाहाल र व्यापारी प्रलाहद लखेरको समर्थकमा रौनियारले उम्मेदवारी दर्ता गराउनुभएको सचिवालयका प्रचार संयोजक ध्रुबप्रसाद दाहालले जानकारी दिनुभयो ।
त्यस्तै , समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतको उम्मेदवारी दर्ता भएको छ ।
प्यानलको सदस्य पदमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदारको मनोनयन दर्ता भएको निर्वाचन प्रचार प्रसार सहसंयोजक बीरेन्द्र कुमार रावतले जानकारी दिनुभयो ।
उम्मेदवारी दर्ता गर्न जाने क्रममा निकालिएको ¥यालीमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य सुनिल कुमार शर्मा, गोपाल अधिकारी, याकुव अन्सारी, प्रदिप गुप्ता, सफिक बेहना, रमेश गुप्ता, बिष्णु लामिछाने लगायतको सहभागीता रहेको थियो ।











