किन बढ्यो बैंक कर्मचारीहरुमा कारोना ?

तेजु बि.क. ‘यात्री’

 गत आर्थिक बर्ष २०७६÷७७ को दोस्रो त्रैमासको अन्तिम महिना अर्थात चैत्र ११ गते देखि देशभर भएको लकडाउनले गर्दा अर्थतन्त्र नै धारासायी भैरहेको बेला देशमा रहेको बैंक तथा वित्तीय संस्था त्यसबाट अछुतो रहेन ।

बैंक तथा वित्तिय संस्थामा चाहे नाफामा मै भएपनि  ब्यापार विस्तारमा सबै तिर असर परिरहेको बेला बैंकिग क्षेत्र अछुतो हुने कुरा भएन  ।

लगातर चैत्र, बैशाख र जेठ महिनामा गरेको बन्दाबन्दि असार महिनामा खुकुलो बनाउँदा खराब धावकको प्रफरमेन्स जस्तो भयो शुरुमा स्पिड दौडिएर पछि थपक्क बस्ने अवस्था सृजना भयो । असार महिना खाताबाहीको महिना भएको हुँदा आफ्ना ग्राहकहरु अर्थात ऋणीहरु सगं सम्पर्कमा आउनै पर्ने भयो । असुली गर्नै पर्ने भयो अखिर फरपरमेन्सको कुरो छ ।

र सोहि अनुसार बैंकले रणनिति बनाउँदै बैंकका कर्मचारीहरु घर घर पुगे र असुली हुन सक्नेबाट असुली गरे र हुन नसक्नेलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार थप १० प्रतिशत ब्याज ऋण दिएर उठाए । तिन महिना सामाजिक दुरी कायम गरेका बैंकका कर्मचारीहरुले असार महिनामा सामाजिक दुरी कायम गर्न सकेनन् कारण थियो असुलीको दबाब ।

अहिले कोरोना बैंकका कर्मचारीहरुमा देखिएको त्यहि असार महिनाको प्रतिफल हो । अहिले पनि नेपालगंज तथा कोहलपुरमा रहेको अधिकाशं बैंकको कर्मचारीहरुको पिसिआर टेष्ट भएको छैन् । नेपालगन्जको परिप्रेक्क्षमा कुरा गर्ने हो भने ज-जसको पिसिआर परिक्षण भएको छ त्यस मध्ये करिब ७० देखि ८० प्रतिशतको रिजल्ट पोजेटिभ रहेको आजको रिपोर्टले पुष्टि भएको छ ।

 यस्तै क्रममा यहि विषयमा नेपालगंजको एक जना बैंकर साथीसंग छलफल गर्दा उहाँले भन्नुभयो -अहिले बैंकसंग प्रसस्त मात्रामा पैसा रहेको छ, राष्ट्र बैंकले मौद्रिक नितिमा सि.सि.डि रेसियो -पुँजी,कर्जा, निक्षेप अनुपात_ लाई ८० प्रतिशत देखि ८५ प्रतिशत पु¥याउँदा झनै लगानीको दबाब सृजना भएको छ ।

कोरोना महामारी रहिरहेको अवस्थामा कसरी सम्भव छ थप लगानी ?ब्यापारीहरु ऋण लिन भन्ने चाहदैनन् । ऋण ब्यापार विस्तार गर्न लाई लिने हो । बैंकको ऋणको ब्याज तिर्नलाई होईन फेरी राष्ट्र बैंकले २०७७ पुष मसान्त सम्म म्याद दिएकै छ । बैंकको ब्याज तिर्नलाई फेरी ऋण थपे भने बाटोमा आउने बाहेक अरु केहि हुदैन, भन्ने गर्छन् ।

 ब्यापार ब्यावसाय धारासायी अवस्थामा रहेको छ हिजोको ऋणको ब्याज तिर्न सक्ने गरि समेत बिक्री भैरहेको छैन । तर बैंकको माथिल्लो तहमा रहेका ब्यवस्थापकहरुले जसरी हुन्छ कर्जा प्रवाह गर भन्ने गर्दछन् । जसरी हुन्छ कर्जा असुली गर भन्ने गर्दछन् । ऋणी भन्छन् राष्ट्र बैंकले म्याद थप्ने । बैंकका माथिल्लो तहका कर्मचारीहरुले कर्जा असूली जसरी पनि गर्नु पर्ने भन्ने दबाब सृजना गर्दछन । जसमा पिसिएको छन् बैंकका शाखा स्तरमा काम गर्ने कर्मचारीहरु । राम्रो अवस्थामा बैंकका शाखा स्तरमा कार्यरत कर्मचारीहरुले नाफा कमाएरै दिएको होलान् महामारीको अवस्थामा यो अवस्था सृजना गर्नु भनेको मानसिक तनाब सृजना गर्नु बाहेक अरु केहि होईन ।

प्रतिक्रिया