भारतमा ‘पब्जी’माथि प्रतिबन्ध लगाएपछि अक्षय कुमारद्वारा ‘फौजी’ गेम ल्याउने घोषणा

 बलिउड अभिनेता अक्षय कुमारले ‘फौजी’ गेम चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन्। भारतमा नरेन्द्र मोदी सरकारले पब्जी लगायत एपहरुमाथि प्रतिबन्ध लगाएपछि पब्जीकै जस्तै ‘फौजी’ गेम ल्याउन लागिएको हो। स्थानीय मिडियाले ‘फौजी’ लाई ‘पब्जी’ को भारतीय संस्करण भएको उल्लेख गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियानलाई प्रोत्साहन गर्दै आफ्नै ‘फौजी’ गेम लन्च गर्न लागेको उनले ट्वीटमार्फत जानकारी दिएका छन्।

गेम प्रयोगकर्ताहरुले यसबाट सैनिकहरुले दिने बलिदानबारेमा जान्न बुझ्न पाउनेछ उनको दाबी छ।

इन्कोर गेम्सले निर्माण गरेको उक्त गेमबाट आउने २० प्रतिशत राजश्व भारतको वीर ट्रस्टलाई दिने अक्षयले बताएका छन्।

 

प्रतिक्रिया