ड्रग्स प्रकरणमा रियाले रकुलपछि सारा र श्रद्धाको पनि नाम लिइन्

बलिउड अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा जोडिएको लागुऔषध दुर्व्यसनी मुद्दामा मुख्य अभियुक्त रिया चक्रवर्तीले अभिनेत्रीद्वय सारा अली खान र श्रद्धा कपुरको नाम उल्लेख गरेकी छन्। यसअघि रियाले रकुल प्रीत सिंहको नाम लिएकी थिइन्।

तिनटै अभिनेत्री सुशान्तको ड्रग्स पार्टीमा सहभागी हुने गरेको वयान रियाले नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)लाई दिएकी छन्। रिया हाल एनसीबीको हिरासतमा छिन्।

रियाले नाम लिएसँगै एनसीबीले सोधपुछको तयारी गरेको छ। सारा, श्रद्धा र रकुललाई नोटिस पठाउने तयारी भइरहेको सञ्चारमाध्यमले जनाएका छन्।

एनसीबी टिमले सिमोन खंबाटालाई पनि सोधपुछका लागि नोटिस पठाउँदैछ। यिनको नाम पनि रियाले नै उल्लेख गरेकी हुन्।

प्रतिक्रिया