बातावरण प्रदुषणको हिसाबले प्लास्टिकबाट निर्मित झोलाहरु अहिले सबैको टाउको दुखाइको बिषय बनिरहेको बेला त्यसको विकल्पको रुपमा विकल्प प्रस्तुत नभएका भने होइनन् ।
प्लास्टिकबाट निर्मित झोलाको मुल्यको तुलनामा केही मात्रै महँगो पर्ने भएकै कारण भने त्यसको व्यापार सुस्त रहेको जानकारहरु बताउने गर्छन् ।
नेपालगन्जमा एकमात्र कागजको झोला उत्पादन गर्ने कम्पनी माझी प्रोडक्सनले नेपालगन्ज लगायत काठमाडौं , प्रदेश पाँच , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश लगायत अन्य शहरमा समेत आफ्नो झोलाहरु पुर्याउने गर्दछ ।
माझी प्रोडक्सनले उत्पान गर्ने झोलाको मूल्य सरदर १७४ प्रती केजि मूल्य देखी ४१७ रुपैयाँ प्रती केजि सम्म पर्ने गर्दछ । भने झोलाको साइज अनुसार एक केजिमा १७ प्रती देखि ३०५ वटा सम्म हुने गर्छ ।
हेर्नुस् यस्तो छ मुल्य सुची












