भिजिट मधेस नेपाल २०२० सफल पार्न नेपालगन्जमा अन्तरक्रिया

नेपालगन्ज :

भिजिट मधेस नेपाल २०२० सफल पार्न नेपालगन्जमा अन्तरक्रिया

भिजिट मधेस नेपाल २०२० सफल पार्न नेपालगन्जमा बुधबार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

तराइ मधेसका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा भिजिट मधेस नेपाल बर्ष २०२० मनाउन नेपालका २४ जिल्लामा थालनी सुरु गरिएको छ ।

नेपालका पुर्वदेखि सुरु गरिएको तराई मधेशका पर्यटकिय यात्रा नेपालगन्जमा पुगी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

बाँकेको नेपालगन्जमा गरिएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता आशिष गुप्ताले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता जिल्ला सम्मन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले गर्नुभएको थियो ।

तराईका विभिन्न जिल्लामा पनि पर्यटकियन गन्तव्य थुप्रै रहेको हुनाले मधेस क्षेत्रमा पनि पर्यटकिय सम्भावना रहेको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए ।

यस अभियानको उद्देश्य भिजिट नेपाल २०२० लाई सफल पार्नु रहेको बताइएको छ । भिजिट मधेस नेपाल अभियानमा राज्यको कार्यमा कसरी सरल र सहज बनाउनु मुख्य उद्देश्य रहेको उनिहरुले बताएका छन् ।

भिजिट मधेस अभियानलाई सफल पार्न तराइ मधेसका २४ जिल्लाका सदरमुकाममा सरोकारवाला बीच अन्तरक्रिया थालिएको अभियानका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफले बताउनुभयो ।

तराइ मधेसका संस्कृति, भेषभुषा, रहन सहनको प्रचार प्रसार गर्न सकिए त्यसले पनि पर्यटकलाई तराइ मधेसमा भित्र्याएर यहाँको पर्यटन विकास गर्न सकिने कुरामा उहाँले जोड दिनुभयो ।

भिजिट मधेसको क्रममा सांस्कृतिक, धार्मिक, पर्यटकीय स्थानको प्रचारप्रसार गर्नुपर्ने अन्तरक्रियाका अधिकांश वक्ताले जोड दिएका थिए ।

तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

तराई मधेसका २४ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट ‘भिजिट मधेस नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ ।

प्रमुख अतिथी समेत रहनुभएका जिल्ला सम्मन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले नेपाल पर्यटन बर्ष सफल बनाउने हो भने नेपाल पहिलो डिजिटल प्लेट फर्म भिजिट मधेस रहेका उहाँले जानकारी गराउनुभयो ।

यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भिजिट नेपाल पर्यटन बर्षलाई प्लेटफर्मको रुपमा बाँके पनि एक रहेको उहाँले बताउनुभयो ।

होटल व्यवसायी संघले समेत तराई मधेश यात्रालाई सघाउ पु¥याउने पर्यटन गन्तव्य मानसरोबरको प्रमुख नाका भएको हुनाले बाँकेमा प्लेट फर्म आवश्यक रहेको जिकिर गर्नुभयो । समृद्ध नेपालको लक्ष्यको लागि पर्यटनलाई।।।

प्रतिक्रिया