डा. देवराज न्यौपाने

मानिसको ब्यत्तित्व विकासमा शरीरको सुन्दरताले ठुलो प्रभाव पारेको हुन्छ। मानिसलाई आफु राम्रो, सुन्दर अनि आकर्षक देखिन कसलाई पो मन हुँदैन र? र त्यो स्वाविक पनि हो ।
आकर्षक अनुहार माथि सुन्दर दन्त लहर भएमा सुनमा सुगन्ध हुने गर्दछ । तर कहिले काँहि त्यो आकर्षक रूप को सुन्दरतालाई नमिलेका र बाङ्गो टीङ्गो दांतहरुले त्यो आकर्षक जिउडाल लाई ओझेलोमा परिरहेको हुन्छ।
दाँत बाङ्गो टिङ्गो आउने भनेको जुन स्थान (गिजाको ठाउँ) बाट आउनु पर्ने हो ,त्यो ठाउँबाट नआई तलमाथि वा खप्टिएर आउनु हो ।
दाँत बाङ्गो टिङ्गो आउने कारण हरु निम्न प्रकारका छन्:
१.वंशाणुगत गुण
२.दुधे दाँत समय नपुगी फुकाल्ने वा समय कटे पछि फुकाल्ने ।
३.बच्चाको दाँत किराले खानु र ठुटा दाँत मुख मै हुनु ।
४.चोकपटक लाग्नु ।
५.गिजामा समस्या हुनु ।
त्यही बाङ्गो टिङ्गो दांतले विभिन्न प्रकारका समस्या निम्त्याउने गर्छ ।
१.विशेषगरी स्कुले केटाकेटीमा बांगोटिङ्गो दाँतकै कारण साथीभाइले जिस्क्याउने,
२.ठुलो भइसक्दा आत्मविश्वासको कमी एवं सभा भिडभाडमा मुख छोपेर हाँस्ने बोल्ने समस्या देखा पर्ने गर्छ ।
३.अगाडिको दात धेरै बाहिर हुँदा चोटपटक लाग्ने, दाँत भाँच्चिने सम्भावना हुन्छ ।
४.यस्ता दाँतको सरसफाइ गर्न मुस्किल हुने भएकाले दातमा किरा लाग्ने एवं गिजामा समस्या भई सुन्निने, रगत आउने गर्छ ।
५.त्यसैगरी, खाना खान तथा चपाउन लगायत मुखका जोर्निमा (TMJ)समस्या हुने,
६.मुखले सास फेर्ने, घुर्ने, कमजोर आत्मविश्वास, पाचनप्रणालीमा समस्या, अनुहारको सुन्दरतामा कमि, बोलीमा अस्पष्टता, बोलीमा अस्पष्टता, दांतमा किरा लाग्ने समस्या हुने गर्छ आदि इत्यादि ।
यी कारणले गर्दा दाँत बाङ्गो टिङ्गो आउन सक्छ तेसैले हामि समय मा सतर्के हुन् आवस्यक छ । बाङ्गो टिङ्गो दाँत आउन नदिन के गर्नु पर्छ र कुन कुन कुरामा ध्यान दिदा दाँत राम्रो आउछ :
१.बच्चा उमेरदेखि नै दाँतको सुरक्षा गर्ने ।
२.दाँतलाई छिटो वा ढिलो नफुकाल्ने ।
३.बच्चाहरुमा औला चुस्ने बानी छ भने हटाउने ।
४.च्यापुका कारण दाँत नमिलेको छ भने चिकित्सकको सल्लाह बमोजिम च्यापु मिलाएर दाँत मिलाउन सकिन्छ ।
५.दाँतको बीचबीचमा खाली ठाउँ धेरै नै छ भने, बिहान बिहान बिस्तारै हातले च्यापेर मिलाउने ।
६.धेरै नै नमिलेको भए चिकित्सकको सल्लाह बमोजिम तार बाँधेर वा अन्य उपचार पद्धति अपनाई दाँत मिलाएर सुन्दर बनाउन सकिन्छ ।
भनिन्छ , रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु नै उत्तम उपाय हो । मानव शरीरमा हुने अनेकौँ स्वास्थ्य समस्या जस्तै दांत बाङ्गो हुन बाट रोक्ने पनि उपाय छ । तर पनि हाम्रो समाजमा विरामीहरु दाँत बाङ्गो भए पछि मात्र नै डाक्टरमा जाने प्रचलन छ । धेरै मानिसलाई दांत बाङ्गो भएमा उपचार गर्न र रोक्न सकिन्छ भन्ने ज्ञान नै छैन ।
केटाकेटीदेखि अधबैसेंसम्म सबै उमेरका मानिसको अर्थोडोन्टिक (orthodontic)उपचार सम्भव हुन्छ । तर, प्रायः देखिने समस्यामध्ये बढ्दो उमेरका केटाकेटीमा उपचार गर्दा राम्रो परिणाम देखिन्छ ।
अर्थोडोन्टिक्स (orthodontic) उपचार गर्ने विधि भनेको बाङ्गोटिङ्गो दाँत लाई सीधा मिलाएर अनुहार मा मिलाएर उपचार गर्ने हो ।
अर्थोडोन्टिक उपचार केही हदसम्म खर्चिलो हुने भए पनि उपचारबाट आउने परिणामले बिरामीलाई सुन्दर, स्वस्थ, खुशी एवं आत्मविश्वासी बनाउन मद्दत गर्छ यस्तो खालको समस्या बाट बच्न सानै उमेरदेखि नसाटिने दात हरु कसरी र कुन तरिका बाट आइरको छ भन्ने कुरा मा हामी ले ख्याल गर्नु छ यसलाई preventive orthodontic treatment भनिन्छ। यसमा हामीले मुखमाबाङ्गो टिङ्गो दाँत नआहोस् भनेर गरिने उपचार हो। तर पछि मुख मा सबै दाँत हरु मुख मा बाङ्गो तिङ्गो आइसके पछी गरिनु उपचार लाई तार बाँधेर गरिन्छ।
बाङ्गो टिङ्गो दांतको उपचारको लागि दाँतमा तार बाध्नुपर्ने हुन्छ । यो उपचारलाई ब्रेसेस(braces) अथवा अर्थोडोन्टिक उपचार पनि भनिन्छ । दाँतमा बाँधिने तारहरु विभिन्न किसिमको हुन्छन । बाङ्गो टिङ्गो दातको प्रकृति हेरेर तारको प्रकार छानिन्छ ।
दांत थोरै मिलाउनु (सामान्य किसिम को बाङ्गो टिंगो छ भने) छ अथवा सरल किसिमको दाँत को ठाउँ परिवर्तन गर्नु छ भने निकाल्न मिल्ने तार (Removable orthodontic appliances)लगाउन सकिन्छ ।
यदि जटिल उपचार गर्नुपर्ने अवस्था छ भने निकाल्न नमिल्ने तार (Fixed orthodontic appliances) लगाउनु पर्छ । यसलाई डाक्टरले लगादिने र समय समयमा एक्टिभ गर्नुपर्ने हुन्छ(हरेक महिना जसो follow up गर्नपर्छ )। विज्ञानको आविष्कार संगसंगै अर्थोडोन्टिक उपचार विधिको क्षेत्रमा पनि अकल्पनीय र आधुनिक विधि को विकास भएको छ ।
अचेल दांतको रंगका ब्रेसेस का विकास साथै दात को बाहिर बाट नभएर भित्र बाट पनि तार राखेर पनि दात लाई मिलाउने गरिन्छ यो विधि ले बिरामीको दात को तार हरु देखिँदैनन् ।
यो उपचार अलिक समय र धैरेता को खाँचो पर्दछ , करिब करिब 2 वर्ष सम्म लाग्ने गर्दछ।
त्यसैले यस्तो समस्या आयो भदैमा निराश हुनु पर्ने अवस्था छैन , समयमै डेन्टिस्ट (दन्त रोग विशषज्ञहरु संग सरसल्लाह गरेर आफ्नो उपचार गराउन सकिन्छ। तपाईं हरु संग केहि त्यस्तो समस्या छन् भने म सँग सम्पर्ग गर्न सक्नुहुन्छ।
( डा. न्यौपाने भेरी अस्पताल नेपालगन्जका दन्त रोग विशषज्ञ हुन् , न्यौपानेले भेरी डेन्टल क्लिनिक समेत संचालन गरेका छन् )










