जानकीको बढैयामा चार करोड बढी लागतमा पुल बन्दै, स्थानीय हर्षित

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा वडा नम्बर एकमा रहेको दोन्द्रानालामा पक्की पुल निर्माण भैरहेको छ । उक्त पुल निर्माणपछि शिवपुरी र बढैया गाउँ जोडिने छन ।

राष्ट्रीय युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका बाँकेका युवा नेता किशोर थापाको बिशेष पहल र सक्रियतामा लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त खोलामा पक्की पुल निर्माण हुन लागेको हो ।

पुल निर्माण नहुँदा शिवपुरीका नागरिक वर्षायाममा नेपालगन्ज र जानकी गाउँपालिकाका अन्य गाउँमा आवतजावत गर्नका लागि ठूला नाला वारपार गर्न हम्मेहम्मे पर्ने गरेको थियो । अब पुल निर्माणपछि नागरिकलाई सहज हुने भएको छ ।

सरकारको आर्थिक सहयोग ४ करोड ४७ लाख २८ हजार ८ सय ३७ को लागतमा निर्माण हुन लागेको पुल २०७८ असार मसान्त सम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । बोलकबोलमा डाइनामिक, नारायणम र पी एस निर्माण कम्पनीले संयुक्त रुपमा पुल निर्माणको जिम्मेवारी पाएका छन् ।

दोन्द्रानालामा निर्माण हुने पुल २० मिटर भन्दा लामो रहेको छ । गाउँपालिकाको वडा नम्बर १ मा रहेको उक्त पुल निर्माणसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत टेवा पुग्ने वडाअध्यक्ष मोहमद रज्जा राई बताउँछन ।

प्रतिक्रिया