ड्राइभिङ लाइसेन्सको अनलाइन फर्ममा कोटा प्रणाली परिमार्जनको तयारीमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन फर्म सीमित हुँदा सेवाग्राहीहरु निकै मर्कामा परेका छन् । थोरै कोटा हुँदा बिहानको समयमा धेरै क्राउड हुने र दिउँसो कोटा नै सकिने समस्या हुँदा सेवाग्राहीहरुले चरम गुनासो पोख्दै आएका छन् ।

यसैबीच हरेक अनलाइन आवेदन स्वीकृत हुने गरी सिस्टम परिमार्जनको तयारीमा यातायात व्यवस्था विभाग जुटेको छ । विभाग स्रोतले दिएको जानकारी अनुसार आँदो सातादेखि नै कोटा सिस्टम हटाउँदै असीमित रुपमा अनलाइन आवेदन दिन मिल्ने व्यवस्था गर्ने तयारी भइरहेको छ ।

अनलाइन फर्ममै सेवाग्राहीहरुले समस्या भोग्नुपरेपछि विभागले नयाँ व्यवस्था गर्न लागेको हो । अब जुनसुकै समयमा अनलाइन आवेदन भर्न पाइने भएपछि हजारौं सेवाग्राहीले लाभ पाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया