बाँके: ठेकेदारले खनेको खाल्डोमा डुबेर सुइयामा बालकको ज्यान गयो

नरैनापुर :

ठेकेदारले खनेको खाल्डोमा डुबेर सुइयामा बालकको ज्यान गयो

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ सुइयामा खाल्डोमा डुबेर बालकको मृत्युु भएको छ ।

हुलाकी सडक निर्माणका क्रममा माटोका लागि खनिएको खाल्डोमा डुबेर स्थानीय मक्दुल खाँका अढाई वर्षीय छोरा इसरार खाँको आज दिउँसो मृत्यु भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

अध्यक्ष शाहका अनुसार सडक निर्माणका क्रममा जथाभावी खनेर छोडिएका खाडलमा डुबेर यसअघि पनि नरैनापुर गाउँपालिकामा दुई बालकको मृत्युु भइसकेको छ ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण वडा नम्बर २ लक्ष्मणपुर र वडा नम्बर ६ गंगापुरमा दुई बालकले ज्यान गुमाउनुपरेको उहाँले बताउनुभयो ।

मृतक बालकलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।

प्रतिक्रिया