‘मिठो छ’को अनलाईन बिजनेश फेस्टिबल सम्पन्न

नेपालगन्ज : नेपालगन्जमा बिहिबारदेखि संचालित अनलाईन बिजिनेस फेस्टिबल सम्पन्न भएको छ ।

मिठो छ फुड प्रालिको आयोजनामा संचालित फेस्टिबल शनिबार सम्पन्न भएको हो । तीनदिन सम्म संचालन भएको फेस्टिबलमा करिब ५ हजारले अवलोकन गरेको आयोजक संस्थाका प्रमुख सौभाग्यजंग शाहले जानकारी दिनुभयो ।

फेस्टिबलको अीनतम दिनपनि दर्शकहरुले सांगितिक प्रस्तुतीहरुको आनन्द लिदैं फेस्टिबलमा रहेका स्टलहरुको अवलोकन गरेका थिए । दर्शकहरुले स्टलहरुमा चासो राख्दै अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु लिएका थिए ।

फेस्टिबलमा आएका बिद्यार्थीहरुले शैक्षिक सामाग्री राखिएका स्टलहरुमा गएर बिभिन्न बिषयमा जानकारी समेत लिएको आयोजकले जनाएको छ ।

फेस्टिबल हेर्न पुगेका नेपालगन्ज १८ का रामप्रकाश महतोले आफुले शैक्षिक स्टलबाट सहज रुपमा बिभिन्न उपलब्धीमूलक जानकारी प्राप्त गरेको बताउनुभयो । त्यस्तै फेस्टिबलमा राखिएका बिभिन्न परिकार खान पाईने स्टलहरुमा पुगी दर्शकहरुले त्यसको स्वाद पनि लिएका छन । यसैबीच फेस्टिबलमा सहभागी प्रयास फाउण्डेशनलाई शनिबारपनि सहयोग प्राप्त भएको छ ।

आर्थिक रुपले बिपन्न ३० जना बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिरहेको प्रयास फाउण्डेशनलाई लायन्सले ३० वटा स्कुल ब्याग सहयोग गरेको थियो । फेस्टिबलमा आएका दर्शक तथा स्टल राखेका संघसंस्थाहरुले यस्तो किसिमको फेस्टिबलले निरन्तरता पाउनु आवश्यक रहेको बताएका छन ।

उनीहरुले अनलाईन बिजनेश फेस्टिबल आयोजनाले स्थानीय बजारमा उत्पादित बस्तुको अन्तरराष्ट्रियकरण हुने बताए ।

प्रतिक्रिया