नेपालगंजमा महोत्सव लाग्ने, आउने छन् यी कलाकार !

नेपालगंज : नेपालगन्जमा महोत्सव लाग्ने भएको छ । पर्यटन प्रर्वद्घनमा टेवा पुग्ने उद्देश्यले “समृद्घ नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन संस्कृती तथा रोजगारको पुर्वाधार “ नारा सहित ब्यापार पर्यटन कृषि सांस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सव हुने भएको हो । चैत्र १२ गते देखि चैत्र २२ गते सम्मको लागी महोत्सव गरिन लागिएको हो ।

एजी सर्भिस प्रालि नेपालगञ्जको आयोजनामा महोत्सव लाग्ने छ । तेस्रो नेपालगञ्ज महोत्सवलाई झण्डै २ लाख ५० हजार भन्दा बढि अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ ।


महोत्सवमा आउने छन् यी कलाकार

महोत्सवमा चर्चित कलाकार रेखा थापा, आर्यन सिग्देल, प्रमोद खरेल, चन्द्र शर्मा, बद्रि पंगेनी, ज्योती मगर, पुस्कल शर्मा, दुर्गेश थापा, मिस्टर आरजे, सृर्जना खत्री, प्रिती आले, प्रकाश सपुत, पशुपति शर्मा, रमेश राज भट्टराई, राम जी खाड, बाल कलाकार सचिन परियार, सिर्जु अधिकारी, प्रिती आले, भुमिका गिरी, आरुसी मगर, रुविना अधिकारी, श्री निवाश थारु, दुर्गा नेपाल, रवि रिमाल, बैकुण्ठ महन्त, डिजे विटि, टिका सानु, योगेश काजी, सम्राट चौलागाई लगायतका कलाकाहरुकोे प्रस्तुती रहने छ ।

महोत्सवमा एकल नृत्य प्रतियोगिता

त्यस्तै महोत्सवमा स्थानिय कलाकारलाई बिषेश प्राथमिकता दिई उनीहरु विच लुकेका प्रतिभालाई प्रस्पोटन गर्नका लागी बिषेश अवसर दिईने आयोजकले जनाएको छ । नृत्यमा युवालाई प्रोत्साहन गर्नका लागी महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ समेत आयोजना गरिनेछ । नृत्यमा प्रथम हुने प्रतिस्पर्धीलाई रु ५०,००० र फिल्ममा अभिनय गर्ने अवसर दिईनेछ । दोश्रोलाई रु ३०,००० र म्युजिक भिडियो खेल्ने अवसर दिईनेछ ।

त्यस्तै तेस्रोलाई २०,००० पुरस्कार र म्युजिक भिडियो खेल्ने अवसर दिईनेछ भने चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पनि सान्तोना पुरस्कार दिईनेछ । ब्यापार पर्यटन कृषि तथा वृहत साँस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सवलाई उत्कृष्ट बनाई यस क्षेत्रको बिकास तथा पहिचानका लागी पहुच विस्तार गर्न र यस महोत्सवलाई सफल बनाउन ए जी सर्भिस प्रा लि ले संघिय सरकार, प्रदेश सरकार, तथा स्थानिय सरकार, सरकारी तथा गैरसरकारी संस्थारफर्म लगायत संग समवन्य गरी रहेको छ ।


प्रतिक्रिया