नेपालगन्ज :

नेपालगन्ज आफैमा एउटा ठूलो सम्भावना बोकेको शहर हो , ब्यापारिक , औधोगिक संगै पर्यटनको प्रचुर सम्भावना बोकेको पश्चिम नेपालको शहर हो, नेपालगन्ज । त्यसैको सम्भावनालाई देखेर शहरमा एकपछि अर्को ठुला होटेल, रेस्टुरेन्ट तथा सुबिधा सम्पन्न क्याफेहरु संचालन हुनेक्रम बढ्दो दरमा देखिन्छ । र त्यस संगै हस्पिटालिटी क्षेत्रलाई चाहिने आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था तथा एकेडेमीहरु पनि निरन्तर रुपमा स्थापना हुने क्रम बढेको छ ।
त्यसै सिलसिलामा काठमाडौंको सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टको एउटा युनिट दि होटेल स्कुल नेपाल नेपालगन्जमा स्थापना भएर हस्पिटालिटी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको दि होटेल स्कुल नेपालका सेन्टर इन्चार्ज सचित अधिकारी बताउछन् ,
‘दि होटेल स्कुल सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टको एउटा युनिट हो ,जहाँ हस्पीटालिटी सम्बन्धी क्लास संचालन हुन्छ ।
दि होटेल स्कुल करिब एक महिना अगाडी मात्रै नेपालगन्जमा स्थापना भएको हो । एकेडेमीलाई चाहिने भौतिक पुर्वाधार संगै विद्यार्थी भर्नाको कामलाई तिब्रगतिमा लगेको होटेल स्कुलले सम्भवत दुई हप्ता भित्रै पुर्णरुपमा संचालनमा आउने र अन्य एकेडेमी भन्दा केही दि होटेल स्कुल नेपालले संचालन गर्ने कोर्स र प्रदान गर्ने सर्टिफिकेट फरक रहेको बताउछन सेन्टर इन्चार्ज अधिकारी ।
‘हामिले ल्याउने कोर्स र सर्टिफिकेट अन्यमा भन्दा केही फरक रहेको छ । हामि सिटिईभिटीको सेन्टर पनि हौ भने अमिरिकन हस्पिटालिटी एकेडेमीको सर्टिफिकेट उपलब्ध गराउछौ , जसले हाम्रा विद्यार्थीहरुलाई तालिम पश्चात् देश तथा बिदेशमा रोजगारको लागि सहज हुनेछ । र नेपालगन्ज तथा नेपालकै परिप्रेक्षमा हेर्ने हो भने धेरै जसो एकेडेमीका कोर्स कल्लिनरीमा मात्र बढी केन्द्रित रहेको पाइन्छ तर हाम्रो कोर्समा हस्पिटालिटिका समग्र पाटोलाई बिस्तृत रुपमा सिकाउने गर्छौ । जसले गर्दा विद्यार्थीले उत्कृष्ट शिक्षा र ज्ञान प्राप्त गर्न सक्छन् र देश तथा बिदेशमा गएर उनीहरुको आफ्नो डिपार्टमेन्ट लिड गर्न सक्छन् भन्ने बिश्वास हामिलाई छ , अधिकारीले बताए ।
केही बर्ष यता नेपालगन्जमा थपिदै गएको ठुला होटेल , स्तरिय रेस्टुरेन्ट र क्याफे हरु संगै नेपालगन्ज देखि नजिकको दुरिमा रहेका बर्दिया , सुदुर पश्चिमका पर्याटकिय स्थल , राराताल , कैलाश मानसरोवर र बाँके राष्ट्रिय निकुञ्ज जस्ता पर्यटकीय क्षेत्रको चर्चा र त्यस क्षेत्रमा पर्यटकको वृद्धि संगै नेपालगन्ज पर्यटकको लागी केन्द्रको रुपमा विकसित हुँदै गएको छ ।
त्यसैले त्यस क्षेत्रको लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्नु र तड्कारो हुँदै गर्दा नेपालगन्जलाई नै लक्ष बनाएर हस्पिटालिटीको लागि जनशक्ति उत्पादन गर्ने एकेडेमीको रुपमा दि होटेल स्कुलले आफुलाई नयाँ पहिचान र अरु भन्दा फरक कोर्स लिएर नेपालगन्जमा भित्रनु लाई अर्थपूर्ण लिन सकिने स्कुलका सेन्टर इन्चार्ज अधिकारी बताउछन् ,
नेपालगन्ज मात्रै होइन देशमा नै हस्पिटालिटी क्षेत्रमा युवा पुस्ताको बढ्दो आकर्षण छ, त्यसको प्रमुख कारणमा अध्यन पश्चात् प्राप्त हुने रोजगारी र पाउने सेवासुबिधा नै हो । दि होटेल स्कुलले समेत आफ्नो एकेडेमीमा तीन महिने , छ महिने र नौ महिने कोर्सहरु गरेर जाने विद्यार्थीहरुको लागि देशको विभिन्न शहर संगै नेपालगन्ज , चितवन, पोखरा र काठमाडौं जस्ता शहरमा रोजगारीको ग्यारेन्टी गर्ने बताउछन् । र तालिम पश्चात् विद्यार्थीको क्षमता र हाम्रो सर्टिफिकेटको कुनै पनि स्थानमा रोजगारी प्राप्त गर्न सक्छन् भन्ने कुरामा ढुक्क स्थिति हुनेछ स्कुलले बताउने गर्छ ।
दि होटेल स्कुल नेपालगन्ज अगाडी काठमाडौं र पोखरामा स्थापना भएर त्यस क्षेत्रका विद्यार्थीको लागि हस्पिटालिटीको शिक्षा प्रदान गर्दै आएको छ भने नेपालगन्ज नै आफुहरुको नजरमा पर्नुको कारण नेपालगन्जमा हस्पिटालिटिको प्रचुर सम्भावना रहेको बताउछन् अधिकारी ,-
‘नेपालगन्ज र नेपालगन्ज आसपासका जिल्लाहरुको लागि केन्द्र हो , नेपालगन्ज । त्यसैले हामिले काठमाडौं , पोखरा पछि नेपालगन्जलाई प्रमुख प्राथमिकतामा राखेर यहाँ स्कुल स्थापना गरेका हौं , नेपालगन्ज आसपासका क्षत्रका विद्यार्थीहरुको हस्पिटालिटिको क्षेत्रमा आकर्षण बढ्दो क्रममा छ भने नेपालगन्जमा समेत ठुला तथा स्तरीय तारे होटेल तथा हस्पिटालिटिको क्षेत्रमा सम्भावना बोकेको होटेल , कफिसप , रेस्टुरेन्ट धमाधम खुल्ने क्रम पनि बढ्दो दरमा छ । त्यसैले यहीँ हस्पिटालिटी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न समेत जरुरी देखिन्छ त्यसैले पनि हाम्रो नजरमा नेपालगन्ज परेको हो ।
हस्पीटालिटी सम्बन्धी कल्लिनरी आर्ट ,कफि बारिष्टा , बार टेन्डर , पर्सनालिटी डेभलपमेन्ट , बेकरी कोर्स, वेटर ट्रेनिङ , डाईनिङ एडिकेट , हाउस किपिङ, कस्टमर रिलेशनसिप म्यानेजमेन्ट तथा फ्रन्ट अफिस , सेल्स ट्रेनिङका क्लासहरु संचालनको सुरुवात गर्दै गरेको दि होटेल स्कुल नेपालले बिद्यार्थी भर्ना सुरु गरिसकेको छ ।











