नवलपरासी :

नोवल कोरोना भाइरसका कारण रोग फैलिने डरले विदेशी पर्यटकले होटल बुकिङ धमाधम रद्द गरेपछि विदेशी पर्यटक खचाखच हुने सिजनमै यहाँका चल्तीका होटल खाली भएका छन् ।
नारायणी नदी किनारमा विदेशी पर्यटकीय सुविधाका लागि नामी होटल आइल्यान्ड जंगल रिर्सोट, टेम्पल टाइगर होटल, पार्क भ्यू रिभर रिर्सोट, मचान जंगल भिल्ला, हिमालय सेन्चुरी, लगायतका दुई दर्जन होटलका बुकिङ धमाधम रद्द भएको छ।
यो सिजनमा चिनियाँ पर्यटकले होटल खचाखच हने समय हो तर कोरोना भाइरसको संक्रमण त्रासले धमाधम बुकिङ रद्द भएको आइल्याण्ड जंगल रिसोर्टका म्यानेजर दिपक तिवारीले जानकारी दिए। शनिबारसम्म प्याक रहेको होटलका बुकिङ आइतबारबाट रद्द भएको हो।









