डा .देवराज न्यौपाने

मुखको क्यान्सर रोग भनेको मुखका अङ्ग, तन्तुको कोषको अस्वाभाविक र अनियन्त्रित वृद्धि हो । हटाउँदा पनि कुनै कोषको आकारप्रकारमा वृद्धि भइरह्यो र घाउ खटिरा २÷३ हप्तासम्म पनि निको भएन भने मुखको क्यान्सर हो कि भनी शंकाको घेरामा राखेर तुरुन्त दन्त रोगविशेषज्ञ सेवा लिनुपर्दछ । क्यान्सर एउटा रोगमात्र नभइ, रोगहरूको समूह हो । यो एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने सरुवा रोग होइन तर एउटै व्यक्तिमा एक ठाउँबाट अर्काे ठाउँमा, एक अङ्गबाट अर्काे अङ्गमा भने सर्न सक्छ ।
सम्भावित कारण हरु
(१) सुर्ती तथा सूर्तीजन्य पदार्थ को सेवन
मुखको क्यान्सर भएका ९० प्रतिशत भन्दा बढी बिरामीले सूर्तीजन्य पदार्थको सेवन गरेको पाइन्छ । यस्ता वस्तुको सेवन बन्द गर्नाले मुख क्यान्सर हुने सम्भावना घट्छ । मुखको स्वास्थ्य र क्यान्सरका लागि जुनसुकै प्रकार र रूपको धुमपानको प्रयोग पनि हानिकारक हुन्छ । तर तुलनात्मक रूपमा धुँवाको रूपमा प्रयोग गरिने सूर्ती भन्दा धुवाँरहित रूपको सूर्ती चाहे त्यो चपाएर खाने सूर्ती होस् वा मुखमा राखी रस लिने वा मञ्जनको रूपमा प्रयोग गरिने सूर्ती, बढी हानीकारक देखिन्छ । सहर बजारका महिलाले धुवाँरहित सूर्तीको सेवन गरेको अस्पताल, चिकित्सालय र विभिन्न स्वास्थ्य शिविरमा दाँत एवम् मुखको परीक्षण गर्दा फेला परेको छ । त्यसैले विश्वमै सर्वाधिक धुम्रपान गर्ने महिला नेपालकै हुन् । सूर्ती र पान दुबै खानेमा मुखको क्यान्सर २० देखि ३० गुणा बढी देखिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सूर्तीमा ४,००० किसिमका रसायन र ४५ वटा क्यान्सर बनाउन सक्ने तŒव हुन्छन् । धुम्रपानबाट २५ किसिमका विभिन्न रोग प्रत्यक्ष रूपले लाग्छन् । करिब आधा क्यान्सर नै लाग्ने गर्दछ भने टाउकोको रौंदेखि लिएर खुट्टाको पाइतालासम्मका सबै कोष, अङ्ग र तन्तुलाई नोक्सान पु¥याउँछ ।
(२) मद्यपान
आधुनिक समाजमा रक्सीको सेवन चर्काे देखिन्छ । अलकोहल, बियर, रम, जीन, ह्वीस्की, टुकुचे, झ्वाइखट्टे, तिनपाने, लोकल, ब्राण्डी, भोड्का जस्ता र वाइन जुनसुकै प्रकारको र मात्राको सेवन गर्दा पनि मुखको क्यान्सर हुनसक्छ । मद्यपान गर्दा सूर्तीजन्य पदार्थ र धुम्रपानको पनि सेवन हुने गरेको प्रशस्तै भेटिन्छ । अनुसन्धानले के देखाएको छ भने सूर्ती र रक्सी सँगसँगै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुनाले बढ्ने गर्दछ ।
(३) संक्रमण
इप्सटन वार, साइटोमेगालो इन्क्लुजन, हप्स सिम्प्लेक्स, एचआइभी, भेरीसेलाजुस्टर भाइरस, ह्युमन प्यापीलोमा र क्यान्डीडाको संक्रमणले पनि मुखको क्यान्सर निम्त्याउँछ ।
(४) पोषणको कमी
फलाम, जस्ता, तामा र म्यागनीज खनिज पदार्थको कमीले तन्तुलाई एन्टी अक्सीडेन्ट तत्वको कमि र ट्युमर इन्हान्सीङ फ्री रेडिकलको उत्पादनमा वृद्धि गरी र भिटामिन ‘ए’, ‘ई’ र ‘सी’ को कमीले एमाइनबाट नाइट्रस एमाइनमा बदल्ने क्रम बढाइ मुखको क्यान्सर हुन्छ ।
(५) सुपारी को सेवन
हिन्दु धर्म तथा बौद्ध धर्मअनुसार धार्मिक महŒव राख्ने सुपारीको सेवनले मुख खोल्न नसक्ने र मुखमा घाउ खटिरा आउने अवस्था ओरल सवम्युकस फाइब्रोसीस हुने गर्दछ । त्यति हुँदा पनि सुपारी सेवन नरोके मुखको क्यान्सर बनाउने गर्दछ ।
(६) चोटपटक
धारिला दात, नमिलेका तथा भाँचिएका दाँत, फोहोर मुख आदिका कारण र बढी तेल भएको खाना, ज्यादै मसलादार, तातो खाना, रातो खुर्सानी तथा धेरै नुन लगातार लामो समयसम्म प्रयोग गर्दा मुखको क्यान्सर हुन सक्छ ।
(७) सूर्यको प्रकाश र एक्स–रे का विकिरण हरु
अल्ट्राभाइलेट, आयोनाइजिङ विकीरण र एक्स–रेले पनि प्रायः तल्लो ओठको क्यान्सर गराउन सक्छ । सूर्यको प्रकाशले छाला र ओठको क्यान्सर गराउँछ । यो क्यान्सर घरबाहिर काम गर्ने, गोरो वर्णका पुरुषमा, अप्रशोधित लिपस्टिक, लिप लाइनर आदि प्रयोग गर्नेमा बढी देखिने गर्दछ ।
दुई प्रतिशतभन्दा कम मुखको क्यान्सर आनुवंशिक तथा वंशानुगत रूपमा परिवारमा पनि भएको देखिन्छ । मुखको क्यान्सर रक्त समूह ‘ए’ भएकामा बढी र ‘इ’ भएकामा न्यून देखिन्छ । त्यसैगरी ४५ वर्षभन्दा बढी उमेरकामा ९५ प्रतिशत देखिएकाले उमेरलाई पनि मुख क्यान्सरको कारण मान्न सकिन्छ । तर नियमित फलफूल र सागपातको बढी सेवनले मुख क्यान्सरको सम्भावना घटाउन सकिन्छ ।
लक्षण तथा चिन्हहरु
मुखको क्यान्सरको लक्षण यही हो भने किटान गर्न सकिदैंन । तर, सामान्यतः पुरुषमा ५०–६९ वर्षको उमेर तथा महिलामा ४०–४९ वर्षको उमेरमा बढी देखिन्छ । त्यसैगरी महिलाको तुलनामा पुरुषमा ४ गुनाले बढी तथा गाउँका बासिन्दाभन्दा सहरियामा ६ गुनाले बढी देखिएको छ । सबैभन्दा बढी जिब्रोको, त्यसपछि गिजा, गाला, जिब्रो मुनीको भाग आदिमा क्यान्सर देखिने गरेको छ ।
— मुखमा रातो खैरो, सेतो वा मिश्रित दाग, धब्बा वा पत्र देखिन्छ जुन दल्दा जाँदैन ।
— नदुख्ने वा दुख्ने घाउखटिरा वा सुजन २–३ हप्तासम्म उपचार गर्दा पनि निको हँुदैन ।
— मसलादार खाना खाँदा पोल्छ, छाम्दा सारो हुन्छ र दुर्गन्ध आउँछ ।
— घाउखटिरा वा सुजनको आकार बढ्दै जान्छ ।
— याल बढी आउँछ ।
— दाँत बिना कारण झर्छन् ।
— स्वादमा फरक पर्छ ।
— खान, निल्न, पिउन अप्ठेरो हुन्छ ।
— घाउ, खटिरा, तलको तन्तुसँग टाँसिन्छ ।
— लामो समयसम्म निल्न गाह्रो हुन्छ ।
— जिब्रो जाम भइ चलाउन मिल्दैन ।
— जिब्रो, मुख सुन्निन्छ ।
— सुन्निएको गाठो घाउँ वा पत्र वा फिसर र फोल्डको रूपमा आउँछ ।
— अस्वाभाविक रक्तश्राव हुन्छ ।
— घाउखटिरा वरिपरि बाक्लो र मोटो हुन्छ ।
— घाँटीमा गिर्खा देखापर्छन् ।
— क्यान्सरको कोष फोक्सोमा फैलिए स्वास प्रश्वास सम्बन्धी, कलेजोमा फैलिए जन्डिस र मुटुमा फैलिए त्यस सम्बन्धी थप लक्षण पनि देखा पर्छन् ।
क्यान्सर लागिसकेपछि व्यक्ति दुब्लो, पातलो, कमजोर हुँदै जाने, भोक नलाग्ने, रक्तअल्पता हुने, प्यारानियोब्लस्टीक सिन्ड्रोम (paraneoblastic syndrome)हँदै सिकिस्त हुन्छ र मृत्यु हुन्छ ।
माथि भनिएका लक्षण तथा चिन्हले मुखको क्यान्सर भएको शंका उत्पन्न गरे पनि निदान भने उक्त घाउखटीरा वा सुनिएकोबाट लिएको मासु÷श्रावद्वारा (biopsy) गर्ने गरिन्










