आंशिक प्राध्यापकहरुको आन्दोलनको तेस्रो दिन कालोपट्टी बाधेर शिक्षण

नेपालगन्ज :

आंशिक

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अाज देखि कालोपट्टी बाधेर विरोधमा उत्रिएका प्राध्यापकहरुले कालोपट्टी बाधेरै शिक्षण गरेका छन् ।

सम्पूर्ण आंशिक प्राध्यपक हरूलाई करार गरियोस भनि शुरू गरिएको संघर्षको आज तेस्रो दिनबाट कालो पट्टी बाधेर बिरोध जनाउँदै कक्षा लिएको नेपाल आंशिक प्राध्यपक सँघ एकाइ समिति महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज विज्ञान संकायका अध्यक्ष सहरूम खाँ ले जानकारी दिए ।

आज र भोलि कालो पट्टी बाँधी बिरोध जनाउने र माग पुरा नभए बिहिबार र शुक्रबार pen down गरि विज्ञान संकायका सम्पूर्ण कक्षाहरू बहिस्कार गर्ने कार्यक्रम रहेको उनले बताए |

आफ्ना मागहरु जायज भएकोले आन्दोलनका कार्यक्रहरूलाई सबैले समर्थन गरेको संघका सचिब सुनिल अधिकारीले बताए |

पहिलो चरणको कार्यक्रमले त्रि- बि- र क्याम्पस प्रशासनले माग पुरा नगरे सम्पूर्ण आंशिक प्राध्यापकले अनिश्चित कालिन कक्षा बहिस्कार गरि सामुहिक राजिनामा गर्ने सम्मको आन्दोलनमा जाने कुरा संघका अध्यक्ष सहरूम खाँले बताएका छन् |

प्रतिक्रिया