विद्युत प्राधिकरण नेपालगन्जको पुरानो महसुल अझै १ करोड ३८ लाख उठ्न बाँकी

नेपालगन्ज :

विद्युत प्राधिकरण नेपालगन्जको पुरानो महसुस अझै १ करोड ३८ लाख उठ्न बाँकी

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले पुरानो महसुल १ करोड ३८ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ ।

प्राधिकरणले यसअघि कडाई गरेर करोडौं असुले पनि चालु आ.व.मा उल्लेख्य रुपमा पुरानो महसुल असुल गर्न सकेको छैन ।

नेपालगन्ज वितरण केन्द्र प्रमुख लखन लला मल्लिकले पुरानो बक्र्यौता रहेका धेरै सेवाग्राहीको तीन पुस्ते विवरण नहुँदा असुलीमा समस्या भैरहेको बताए ।

‘हामी पुरानो बक्र्यौता असुलीमा प्रयासरत् छौं’, उनले भने, ‘पुराना सेवाग्राही खोज्नका लागि रिडरहरुसँग नियमित छलफल गरिरहेको छु ।’

उनले यसअघि मन्दिर, मस्जिद, अस्पताल जस्ता संस्थाहरुको धेरै बक्र्यौता हुने गरेकोमा असुली हुँदै गएको बताए ।

प्राधिकरणले चालु आ.व.मा कालोसूचिमा रहेका ३ जना ग्राहकबाट २५ लाख रुपैयाँ असुल गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया