नेपालगन्ज :

सम्पूर्ण आंशिक प्राध्यापक हरूलाई करार गरि समान कामको समान ज्याला माग गर्दै आइतबार देखि चरणवध्द आन्दोलनमा उत्रेका त्रि बि को आंगिक क्याम्पस महेन्द्र बहुमुखि क्याम्पस विज्ञान संकायका सम्पूर्ण आंशिक शिक्षकहरूले कक्षा बहिस्कार गरेका छन ।
आंशिक शिक्षकको आन्दोलनलाई नैतिक समर्थन गर्दै विज्ञान संकायका स्थायी र करार प्राध्यापकहरूले पनि कक्षा नलिए पछि सो संकायका कुनै पनि कक्षा संचालन भएनन् ।
बिहानी शिफ्टमा हाल स्नातक (B. Sc. ) का प्रथम वर्ष ,द्वितीय वर्ष , तृतीय वर्ष र चौथो वर्ष गरि चारै बर्षका कक्षा संचालन हुने मब क्याम्पसमा ४६३ जना विद्यार्थी B Sc मा अध्ययनरत छन् ,भने जम्मा २९ जना आंशिक शिक्षक रहेका छन ।
उता यस क्षेत्रकै बिज्ञानमा स्नातक पढाईहुने क्यामपसमा शिक्षकहरू आफ्ना माग राखि आन्दोलनमा गएकोले हाम्रो पढाइमा बाधा परेको र सो को सुनुवाइ भइ भोलिबाट नियमित कक्षा होस भन्ने माग सहित चौथो वर्षमा अध्ययन विद्यार्थीहरुले ज्ञापन पत्र समेत बुझाएको पदम बुढाले बताए , ‘यदि हाम्रो कक्षा नयमित नभए नजिकिदो परिक्षा भएकोले हाम्रो पढाई चौपट हुन्छ । जुन हुन नदिन हामी आन्दोलन गर्न वाध्य हुने छौ ।’

यता आन्दोलनरत संघका अध्यक्षले हाम्रो माग प्रति क्याम्पस मौन रहीरहे अनिश्चितकालका लागि कक्षा बहिस्कार लगायतका कार्यक्रम सहित कडा कदम चाल्ने समेत बताए ।
त्रि बि र ब म क्याम्पस बौदिक व्यक्त्तिलाई न्यून ज्यालामा काममा लगाई बौदिक श्रमको शोषण गरिरहेकोले सो को अन्तयकोलागि हाम्रो आन्दोलन भएको आंशिक शिक्षक मधुसुदन अधिकारीले बताउनु भयो ।
बिज्ञानलाई बिज्ञानको दृष्टीले नहेरिनु एउटा ठुलो दोष रहेको बताउँदै आँशिक प्राध्यापक कवीन्द्र भट्टराईले यो आँशिक प्रथा सदाका निम्ति अन्त्य गरिनु पर्छ भन्नु भयो ।
संघका सचिब सुनिल अधिकारीले भोलि पनि कक्षा बहिस्कारको कार्यक्रम रहेको जानकारी गराउँदै पर्सी अझ कडा आन्दोलनको घोषणा हुनेछ र क्याम्पसले समयमै यी कुरा बुझ्न जरूरी रहेको भन्नुभयो ।











