‘रोज डे’ को दिन नेपालगन्जमा फुलको ब्यापार, चर्ती फ्लोरामा बिहानै ३० हजारको कारोबार

नेपालगन्ज :

'रोज डे' को दिन नेपालगन्जमा फुलको ब्यापार, चर्ती फ्लोरामा बिहानै ३० हजारको फूल बिक्री

प्रणय दिवस नजिकिदै गर्दा नेपालगन्जमा फूलको ब्यापार बढेकाे छ ।

प्रणय दिवसको ‘रोज डे’ मा बिहानै देखि नेपालगन्जमा रहेको गिफ्ट पसलहरुमा फूल खरिद गर्नेहरुको भिड देख्न सकिन्छ ।

नेपालगन्ज सुर्खेत रोडमा रहेको चर्ती फ्लोराका संचालक तथा नेपालगन्ज उद्योग बाणिज्य संघका नव निर्वाचित सदस्य बिन्दु चर्ती मगरका अनुसार बिहान १० बजेसम्म ५० रुपैयाँ पर्ने फुल ५ सय बढी फूल बिक्री भैसकेको बताईन ।

चर्तिले नेपालगन्जमा फुल दिने प्रचलन विकसित हुँदै गरेको समेत बताईन । उनले नयाँ देखि पुराना पिढिमा फूल दिने चलन बढेकाले पनि फूलको ब्यापार राम्रो हुँदै गरेको जनाईन ।

आज शुक्रबार चर्तीको पसलबाट साझ सम्म झण्डै ७ सय सम्म फूल बिक्रि हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया