नेपालगन्जमा ‘द असिम हेयर एण्ड ब्युटी’को स्थापना र युवापुस्तामा बढ्दो क्रेज

करुणा शाह (महारानी) : नेपालको परिप्रेक्षमा उमेर भैसकेका युबायुबतीलाई आफुले के गर्ने भन्ने निर्णय लिन नसकेको हामिले देख्ने या सुन्ने गरेका छौ । सरकारले जतिसुकै भाषण गरे पनि युबायुबती र बिपन्न बर्गलाई रोजगारको लागि ठुलो समस्या छ । त्यसैले उच्च शिक्षा हासिल गरेका, हातमा सीप भएका नेपाली दाजुभाइ दिदिबैनी हरेक दिन वैदेशिक रोजगारिको यात्रा गर्न बाध्य छन् ।

पढाइ भन्दा पनि आफ्नो हातमा सिप भए पछि सुरुवात थोरै लागानीबाट केही गर्न सक्ने बाताबरण भने देशमा अवश्य छ । गहुगोरो, होचो कद, मुसुक्क मुस्कुराएर बोल्ने अशिम सारु मगर अहिले बाँकेको नेपालगन्जमा निकै चर्चित छ्न ।

नेपालगन्जमा अत्यन्तै नयाँ र फरक काम सन्चालन गरे पश्चात् उनी अहिले चर्चित हुँदै गएका छन् । कामप्रतिको लगनशील, इमानदारी, ग्राहकसंगको राम्रो र मिठो बोलि ।

उमेरले भर्खरै २७ बर्ष पुगेका सारु स्पेसल हेयर डिजाइनर हुन । राजधानी पछि पोखरा, बिराटनगर, चितवन, बुटवलसम्म सन्चालनमा रहेका ब्युटी हेयर एन्ड मेकप स्टुडियो नेपालगन्जमा सुबिधा सम्पन्न तरिकाले पहिलो पटक असिमले नै सुरु गरे ,द असिम हेयर एन्ड ब्युटि सलोनको नामले । भानुभक्त चोक देखि १०० मिटर अगाडि देवाफुलबारि जाने बाटोमा रहेको छ मेकप स्टुडियो ।

असिमले आफ्नो जन्म दिन फाल्गुन २९ गते मेकप स्टुडियो सामान्य तरिकाले सुरुवात गरे । सन्चालन्मा आएको एकमहिना नपुग्दै सेबाग्राहीलाई सेबा दिन उनलाई भ्याइनभ्याइ छ।

नेपालगन्जमा थुप्रै जेन्स र लेडिज पार्लर सन्चालनमा छ्न तर जेन्सको सुबिधा जेन्समै लेडिजको सुबिधा लेडिज मै सिमित रहेको बेला उनले नेपालगन्जमा युनिसेक्स पार्लर सन्चालनमा ल्याएका हुन ।

मध्य र सुदुरपश्चिमको ब्यापारिक हब हो नेपालगन्ज । त्यसैले यो ठाउँमा केही फरक चिज दिउ भनेर नै द असिम हेयर एन्ड बिउटी सलोन संचालनमा ल्याएको प्रोपाइटर असिम शारु मगर बताउछ्न।

सुरुवातमा कतिपयले संकोच मान्छन् । कारण युनिसेक्स सैलुन हो यो । यहाँ केटाकेटि, तेस्रो लिङी अर्थात सबैको काम सबै हुन्छ । लेडिजको काम जेन्सले जेन्सको काम लेडिजले गर्छ्न यहाँ । असिमको बाल्यकाल कैलालीको टिकापुरमा बित्यो । त्यहा टिनएज मा उनी विभिन्न हेयर स्टाइल बनाएको सम्झिन्छ्न । हेयर मा उनी सोकिन हो अहिले उनको शोक पूरा भएको छ।।

स्कुल पछि उनी भारतको चन्डिगड पुगे । केही समय त्यही हेयर सैलुनमा काम गरे अनि फर्के आफ्नै देश । काठमाडौमा उनले चर्चित युनिसेक्स पालर फेशियल हाउसमा काम शुरु गरे । त्यहाँ रहदा उनले चर्चित कलाकारहरुको हेयर स्टाइल बनाइसकेका बताउछन् ।

हास्यकलाकार मह जोडि, सन्दिप क्षेत्री, सदाबाहर एवं नायिका करिश्मा मानन्धर, स्वस्तिमा खडका, गायक धिरज राई, क्याप्टेन बिजय लामा लगायत अन्य कलाकारहरु पनि उनको लिस्टमा छन् ।

ब्यक्ति फरक कपाल कस्तो छ कसलाइ कुन हेयर स्टाइल सुहाउछ सोही अनुसार सल्लाह दिन्छ्न उनी । आफू कहाँ अहिले हेयर बिलिच, गोल्डेन ब्राउन हेयर कलर, ग्रे हेयर कलर, न्यु स्टाइलको हेयर कट, ड्यामेज कपालको लागि, क्याराटिनको लागि ग्राहक आउने बताउछ्न असिम । यस बाहेक द असिम हेयर एन्ड ब्युटी सलोनमा नेल आर्ट, मेनिकेयर, पेडिकेयर, फेशियल, डे नाइट मेकप, ब्राइडल मेपकको सुबिधा रहेको सन्चालक कल्पना घर्ती मगर बताउछिन ।

कल्पना असिम कि जीवन संगीनी हुन । केही महिना मात्र बैबाहिक जीवनमा जोडिएका उनिहरु सुरुबात मै आफ्नो सेबासुबिधा बाट ग्राहक खुशी भएको र बिश्वास गरेकोमा खुशि प्रकट गर्दछ्न ।

ठुलो बजारमा पहिलाबाट नै जेन्स लेडिज पार्लर थियो हामिले कस्तो गर्ने कस्तो सुबिधा दिने भन्नेमा अल्मल थियौ तर नयाँ कन्सेप्टको साथ अगाडि बढ्यौ छोटो समयमा सबैबाट राम्रो रेस्पोन्स पाएको बताउछिन कल्पना ।

अहिले उक्त स्टुडियोमा १० जना कर्मचारी कार्यरत छ्न । द असिम हेयर एन्ड बिउटी सलुन नेपालगन्ज दोस्रो शाखा हो । पहिलो शाखा उनले आफ्नै ठाउँ कैलालीको टिकापुरमा खोलेका छ्न ।

खुलेको केही समयमै लकडाउन भयो केही तबाब न भयो नि भाडा, स्टाफको खर्च, आफ्नो खर्च गाह्रो हुन्छ तर देशकै माहोल यस्तै छ । पहिला आफू बच्नु पर्यो अनि बाकी काम भनेर चित बुझाए ।

अब छिटै उनले आफ्नो सैलुन कुनै नाम चलेको सेलिब्रेटी संग ओपनिङ गर्ने तयारीमा छ्न । केही समय नेपालगन्जमै रहेर यहाँको बिजनेस सेटल गरेर तेस्रो शाखा राजधानीमा खोल्ने योजना छ असिम को ।

पहिलो पटक लेडिजको हेयर कट गर्दा साह्रै असहजिलो लागेको उनी अहिले पनि सम्झिन्छ्न ।अहिले त लामो समय भयो हेयर कट, हेयर स्टेट, हेयर कलर गर्न थालेको । ग्राहकको इच्छा अनुसारको हेयर कट गरिरहेको छु उनले बताए ।

अहिले यो पेशा देश या बिदेशमा निकै डिमाण्डमा छ । काम अनुसारको पैसा छ । जहाँ गए पनि सेटल हुन सक्ने बताउदै आफ्नो पेशा मा उनी निकै खुशी र गर्व गर्छ्न असिम ।

असिमको आमा जानकी सारु मगर पनि छोराको प्रगतीमा निकै खुशी छिन् ।उनका अनुसार सानोमा छदा पनि छोरा निकै सोझो थियो, युवा हुदा पनि कहिले बदमासी गरेन । उ सनो छदा उस्को बुवा बित्नु भयो । बुझने भए देखि निकै मेहनेती थियो अहिले यो उमेर मा प्रगति गर्दै छ ।

असिम हेयर एन्ड ब्युटि सलोनमा नेल आर्ट, ब्राइडल मेकअप, फेशियल संगै ट्रेनिङ समेतको सुबिधा छ। ग्राहकलाई स्टुडियोले अपोइनमेन्ट लिएर आउने ब्यबस्था गरेको छ।

दाङ, सुर्खेत, नेपालगन्ज संगै धनगढी, बर्दिया, कोहलपुर, खजुराका युवापुस्ताको चाहाना पूरा गर्दैछ अशिमको सलोन ले ।

ब्यापारि, नर्स, बैंकर, कलेजका युबा युवती आउने गर्छ्न । द अशिम हेयर एन्ड बिउटी सलुनमा । राम्रो सेवा दिदा दिदै पनि कोहि कोहि को गुनासो पनि छ । असिमका अनुसार धेरै आउनु हुन्छ, रेस्पोन्स राम्रो छ । काम हो सकेसम्म राम्रो गर्ने कोसिस गर्छौ तर पनि कसैलाइ हाम्रो सेवा मन परेन भने हामीलाई भन्नूस हामी ग्राहकको ध्यानलाई मध्यनजर गर्दै सोही अनुसारको सेबा सुबिधा दिदै जाने छौ ।

प्रतिक्रिया