कर्णाली डिष्टीलरी खजुराका कर्मचारी आन्दोलित

खजुरा : कर्णाली डिष्टीलरी खजुरा बाँकेका मजदुरहरु आन्दोलित भएका छन ।

खजुरा गाउँपालिका वडा नम्बर ३ विगाउँका लेखराज तिरुवाको मृत्यु पछि क्षतिपुर्तिको माग सहित स्थानिय, आफन्त तथा मजदुरहरुले आन्दोलन गरिरहेका छन ।

कम्पनिमा काम गर्दा गर्दै कोरोनाको सिकार हुन पुगेका तिरुवाको उचित क्षतिपुर्ति कम्पनिले दिनुपर्ने माग सहित आफन्तहरुले गेट अगाडि आन्दोलन गरेका हुन । बैसाख १८ गते लेखराज तिरुवाको कोरोनाका कारण उपचारको क्रममा मृत्यु भएको थियो ।

उचित क्षतिपुर्ति माग दावि सहित विरोध प्रर्दशन गरेका छन । कम्पनिका सन्चालक केदार श्रेष्ठले क्षतिपुर्ति दिन आनाकानी गरेको, कुनै सुनुवाई नगरेको कारण आन्दोलन गर्न परेको मृतकका आफ्न्तले जानकारी दिएका छन ।

श्रमिकले उचित न्याय पाउनुपर्ने माग राख्दै आन्दोलन गरिएको हो । कोरोना बाट ज्यान गुमाएका तिरुवालाई कम्पनिले दिनुपर्ने बाँकी रकम पनि नदिएको आफन्तले आरोप लगाएका छन । कर्णाली डिष्टीलरी गेट अगाडि टाएर बालेर नारा सहित आन्दोलन चर्काइएको हो ।

प्रतिक्रिया