महालक्ष्मी विकास बैंकका ग्राहकलाई एस.के. स्टोर्स कारकादोमा विशेष छुट

नेपालगन्ज : महालक्ष्मी विकास बैंकका ग्राहकले एस.के स्टोर्सको विभिन्न सेवा शुल्कहरुमा विशेष छुट पाउने भएका छन ।

सो सम्बन्धि एस.के स्टोर्सका प्रोप्राईटर श्री सौरभ कर्मचार्य र महालक्ष्मी विकास बैंक नेपालगंज शाखा प्रमुखले सम्झौता हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एस.के स्टोर्स सँग सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले मोटरसाईकल वा कार सर्भिसिङ्ग, पोलिसिङ्ग, सेरामिक कोटिङ्ग, ड्राई क्लिनिङ्ग कार स्टीम वास तथा कार भ्यकुम सेवा शुल्कमा अधिकतम १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन ।

देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड(१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया