महालक्ष्मी विकास बैंकका ग्राहकलाई ‘द ब्ल्याक पेपर रेष्टुरेण्ट’मा विशेष छुट

नेपालगन्ज : महालक्ष्मी विकास बैंकका ग्राहकले द ब्ल्याक पेपर रेष्टुरेण्टको सेवा शुल्कहरुमा विशेष छुट पाउने भएका छन ।

सो सम्बन्धि द ब्ल्याक पेपर रेष्टुरेण्टका सञ्चालक श्री प्रितम विष्ट र महालक्ष्मी विकास बैंक नेपालगंज शाखा प्रमुख कोमल बिष्टले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले द ब्ल्याक पेपर रेष्टुरेण्ट सँग सम्झौता भएको शाखा प्रमुख बिष्टले जनाएका छन् ।

सम्झौता अनुसार अधिराज्य भर फैलिएको महालक्ष्मी विकास बैंकको जुन सुकै शाखाहरुको डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले खाना ताथा पेय पदार्थ को सेवा शुल्कमा अधिकतम १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन ।

देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया