होन्डाका विभिन्न मोडेलका कार अव कारकाँदोमा रहेको शाम्भवीमा

नेपालगन्ज :नेपालगन्जमा आजदेखि होन्डाका विभिन्न मोडेलका कारहरु लंच भएका छन् ।

बिक्रान्त श्रीवास्तबले नेपालगञ्जमा आज देखि होन्डाका विभिन्न मोडेलका कारहरु लंच गर्नुभएको हो । सुर्खेत रोडस्थित भाटभटेनी नजिकै शाम्भवी एण्ड अभिद्वेता ट्रेडिङ कम्पनी प्रा. लि.मार्फत आज पुजा आराधना गरि संचालनमा ल्याइएको हो ।

बुटवल पश्चिम पहिलो पटक यसको आधिकारीक विक्रेता बन्नुभएका श्रीवास्तवले होन्डा कार विशेष सुविधा र आरामदायी रहेको बताउनुभयो । दसैंको अवसरमा कार खरिदमा दुई लाखसम्म छुटको व्यवस्था गरिएको छ।

त्यस्तै एकवर्ष कारको ऋन्यू र कर कम्पनी आफैले वेहोर्नेपनि उहाँले बताउनुभयो । ३८ लाख ३० हजार न्यूनतम मूल्य रहेको कारको अधिकतम मूल्य भने १ करोड ५० लाखसम्म रहेको छ। सेडान, एसवि, एमेचलगायतका कार कम्पनीमा छन् ।

प्रतिक्रिया