अन्तर्राष्ट्रियस्तरको प्रख्यात ब्राण्ड ‘भि–बन को ‘एक्सक्लुसिव शो–रुम’ अम्बे फर्निसिङमा

नेपालगन्ज : नेपालगन्जमा अम्बे फर्निसिङ्गले अन्तर्राष्ट्रियस्तरको प्रख्यात ब्राण्ड ‘भि–बन अर्गानोमिक्स कुर्सीको ‘एक्सक्लुसिव शो–रुम’ सञ्चालन ल्याएको छ ।

नेपालगन्जको लागि मात्रै नभएर पश्चिम क्षेत्रकै दुई दशकदेखि फर्निसिङका लागि प्रतिष्ठित ब्राण्ड बनिरहेको सुर्खेत रोडस्थित अम्बे फर्निसिङ गार्डेनमा शनिवार ‘एक्सक्लुसिव शो–रुम’को शुभारम्भ गरिएको छ ।

अम्बेका प्रवन्ध निर्देशक पंकजकुमार श्रेष्ठका अनुसार, भि बनको ७ हजार ८ सयदेखि एक लाख २९ हजार ८ सय रुपैयाँ मूल्यसम्मका विभिन्न १८ भेराइटीका कुर्ची शो–रुमबाट विक्री गरिंदैछ ।

नेपालमा ३२ वटा डिलरबाट विक्री वितरण भइरहेको भि–बन कुर्चीका लागि नेपालगन्जमा निकै आकर्षण देखिएपछि पहिलो ‘एक्सक्लुसिव शो–रुम’ सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । १४ वटा काठमाडौं उपत्यका र १८ वटा उपत्यका बाहिरका विभिन्न सहरमा भि–बनका डिलरबाट कुर्सी बिक्री भइरहेको छ । सिंगापुरमा कर्पोरेट कार्यालय स्थापना गरेर विश्वका १२३ देशमा कुर्सीको व्यापार गरिरहेको भि–बन नेपालगन्जमा निकै रुचाइएकोले छिट्टै कम्पनीले ‘सर्भिस सेन्टर’ समेत खोल्ने जनाएको छ ।

नेपालगन्जमा ‘एक्सक्लुसिव शो–रुम’ उद्घाटनका सन्दर्भमा शुक्रवार भि–बन चेयरबारे अम्बे फर्निसिङ गार्डेनले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्याधुनिक कुर्चीका विशेषताबारे चर्चा गरिएको थियो । भि–बनका कन्ट्री प्रवन्धक प्रविण श्रीवास्तवले भारतको पुणेमा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको अर्गानोमिक्स कुर्ची खास गरी लामो समयसम्म बसेर काम गर्ने कामकाजीका लागि उपयुक्त हुने जानकारी दिंदै स्वस्थकर हुने दाबी गरे ।

‘यो बैज्ञानिक रुपमै प्रमाणित तथ्य बोल्दैछौं, ‘लामो समय एकै स्थानमा बसेर काम गर्ने कामकाजीका लागि अत्यन्तै उपयोगी हुने गरी डिजाइन गरिएको छ ।’ नेपालमा केडिया ग्रुपको कनक न्यू टेडर्सले भि–बन चेयरको बजार जिम्मेवारी लिएको जानकारी दिंदै कन्ट्र प्रवन्धक श्रीवास्तवले ‘प्रिमियर चेयरको ५० प्रतिशत बजार भि–बनले लिन सफल भइसकेको’ दावी गरे ।

इन्जिनियर विवेक लामिछानेका अनुसार, यसको प्रयोगले ढाड दुख्ने समस्या निराकरण हुने विश्वास छ । ‘स्वास्थ्यका हिसावले अन्य कुर्ची भन्दा भि–बन ब्राण्डको कुर्ची आरमदायी र लुक्सका कारणले पनि यसले बजारमा सजिलै स्थान पाइरहेको छ,’ लामिछानेले कुर्चीको बसाईमा रक्तसञ्चारलाई नियमित गर्न सघाउने भि–बनका भेराइइटीबारे चर्चा गर्दै पत्रकारहरुसँग भने, ‘क्वालिटी डिजाइनका कारण यो साँच्चिकै उपयुक्त प्रमाणित भएको छ ।’

प्रतिक्रिया