लुम्बिनी विकास बैंक कोहलपुर शाखाको उद्घाटन

नेपालगन्ज : लुम्बिनी विकास बैंकले आइतबार बाँकेको कोहलपुरमा आफ्नो शाखा बिस्तार गरेको छ ।

बैंकले आइतबार देशभर एकैपटक पाँच शाखाहरुको उद्घाटन गर्ने क्रममा बाँकेको कोहलपुरमा आफ्नो शाखा उद्घाटन गरेको हो ।

लुम्बिनी विकास बैंकले आज काठमाडौंको बानेश्वार, रुपन्देहीको तिलोत्तमा नगरपालिका, नवलपारसीको बर्दघाट, दाङको घोराही र बाँकेको कोहलपुरमा नयाँ शाखाको उद्घाटन गरेको नेपालगन्ज शाखाका शाखा प्रबन्धक अमित श्रेष्ठले जानकारी दिएका छन् ।

हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यवसाय गरिरहेको छ ।

लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया