मन्टेश्वरी एशोसियसन बाँकेले विधि प्रदर्शनी गर्दै

नेपालगन्ज :

बाँकेमा रहेको मन्टेश्वरी एशोसियसनले आउँदो हप्ता बाँकेको नेपालगन्जमा मन्टेश्वरी विधि प्रदर्शनी गर्ने भएको छ ।

आज पत्रकार भेटघाट कार्यक्रममा मन्टेश्वरी साे कार्यक्रमकाे उदेश्य माथि प्रकाश पार्दै साे कार्यक्रम संयाेजक तथा एशाेसियसनका काेषाध्यक्ष खिमा थापाले प्रेस नाेट वाचन गर्नुभएकाे थियाे ।


एशाेसियसनका उपाध्यक्ष गिता बजगाईले संचालन गर्नुभएकाे कार्यक्रमकाे समापन एशाेसियसनका अध्यक्ष लुना बुढाथाेकीले गर्नुभएकाे थियाे ।

उक्त फाल्गुण १० गते हुने कार्यक्रममा लगभग ६०० जनाले सहभागी जनाउने अपेक्षा रहेकाे र एसाेसियसनमा अाबद्व बैजनाथ, काेहलपुर र नेपालगन्जका १६ वटा विधालयहरु मध्य प्रत्येक विधालय बाट ९/९ वटा वालवालिकाहरुलाई सहभागी गराइने जानकारी बुढाथाेकीले दिनुभयाे ।

साे विधि प्रदर्शनीमा बिधार्थीहरु आफैले बनाएका अंग्रेजी, गणित र नेपालीका सामग्रीहरु प्रदर्शनीमा राखिने छ ।


साे कार्यक्रमकाे आयाेजना पश्चात मन्टेश्वरी Child Care Center मात्र नभएर डा. मारिया मन्टेश्वरी द्वारा प्रतिपादित एउटा Technology काे माध्यम बाट सिकाउने र बुझाउने माध्यम हाे भनि स्पष्ट पार्न सकिन्छ भन्ने अपेक्षा राखेकाे प्रेस नाेट द्वारा जानकारी गराइएकाे थियाे ।

प्रतिक्रिया