नेपालगन्ज :

नेपालगन्जमा फोटो र भिडियोको काम गर्ने एआर फोटो पसलले विहेमा फोटो र भिडियो खिच्दा बेहुला र बेहुलीको उमेर सोधेर मात्र काम गर्ने अभियान सुरु गरेको छ ।
बिहेवारी २० वर्ष पारी भन्ने भनाईलाई सार्थक बनाउन बाल उमेर पुगेकाको मात्र फोटो भिडियो लिइने एआर फोटो पसल नेपालगन्जका सन्चालक प्रदिप राजवंशिले जानकारी दिएका छन ।
फोटोग्राफर राजवंशिले आफ्नो पसलको फेसबुक पेजमा पोष्ट गर्दे लेखेका छन, ‘हामी फोटो अनि भिडियोग्राफरको काम भनेकै सुखद तथा दुःखद् हर क्षणलाई कैद गरेर पुस्तौ पुस्ता सम्म पु¥याउने हो, यसै क्रममा विभिन्न विवाहको फोटो र भिडियो पनि कैद गर्दै आइरहेका छौँ ।
जस बापत हाम्रो आम्दानी पनि हुन्छ साथ साथै उक्त फोटो तथा भिडियोलाई विभिन्न माध्यमद्वारा मानिसहरु माझ पु¥याएर वाहवाही पनि पाउछौँ र आफ्नो कामको प्रचार पनि गर्छौ ।
जसले गर्दा फेरि अर्को ग्राहक पनि पाउँछौ । तर, यो काम गर्ने क्रममा हामिले दुलाह दुलहिको उमेर कति हो ? भनेर प्रश्न गरेका छौँ त ? आफ्नो काम र दाममा भुलेर समाज प्रतिको आफ्नो दायित्व त भुलेका छैनौ ? भनेर प्रति प्रश्न गरेका छन ।
एआर फोटो पसलले बालविबाह न्युनिकरणका लागी फोटो र भिडियोमा काम गर्नेहरुले चासो दिए केहि मात्रमा भएपनि सुधार आउने राजवंशिले बताए ।










