नेपालगन्जमा मन्टेश्वरी विधि प्रदर्शनी

नेपालगन्ज :

नेपालगन्जमा मन्टेश्वरी विधि प्रदर्शनी

मन्टेश्वरी एसोसिएसन बाँकेले नेपालगन्जमा आज मन्टेश्वरी विधि प्रदर्शनीको गरेको छ ।

नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा मन्टेश्वरी एसोसिएसन बाँकेले आयोजना गरेको मन्टेश्वरी विधि प्रदर्शनीमा एसोसिएसनमा आवद्ध जिल्लाभरका १३ मन्टेश्वरी स्कुलहरुले स्टल राखेका छन् ।

मन्टेश्वरी डे केयर सेन्टर मात्रै नभएर बैज्ञानिक पद्धति र सिकाइको विधि रहेकोले मन्टेश्वरी स्कुलहरुले कसरी शिक्षा दिन्छन् , कसरी सिकाइन्छ र यसका बिधिहरु के के हुन भनेर देखाउनको निम्ति नै यो विधि प्रदर्शनी गरिएको एसोसिएसनकी अध्यक्ष लुना बुढाथोकीले बताउनुभएको छ ।

शनिबार विधि प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी जिल्ला शिक्षा समन्वय समिति प्रमुख राम सुरेश यादव , नगर शिक्षा समन्वय प्रमुख गोरख बहादुर थापा , भन्सार प्रमुख शान्ति राम निरौला , बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाही , बासका अध्यक्ष रमेश सिटौला तथा एसोसिएसनका सल्लाहकारहरु नमस्कार शाह , रबिन्द्र कर्ण र पुर्णलाल चोके लगायतका अतिथिको सहभागी रहेको कार्यक्रममा एसोसिएसनका अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

अध्यक्ष लुना बुढाथोकी

प्रतिक्रिया