नरैनापुरको उदाहरणीय कार्य: ९ हजार ५ सय घरधुरीलाई खाना पकाउने ग्यास र चुल्हो सेट वितरण

नेपालगंज : कुनै समय बाँके जिल्लाकै दुर्गम मानिने क्षेत्रको रुपमा परिचय बोकेको नरैनापुरमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आए संगै पुरानो आफ्नो परिचय संगै त्यहाका स्थानीयले आफ्नो दैनिकीमा समेत ठुलो फड्को मारेका छन् ।

स्थानीय तहमा जनताले चुनेर पठाएका जनप्रतिनिधिले आफुले चाहे अनुसार बिकास र समाजकल्याणको क्षेत्रमा यसरि काम गरिदिदा स्थानीय हर्षित बनेका छन् ।

सोहि क्नरममा रैनापुर गाउँपालिकाले सर्वसाधारणलाई खाना पकाउने एलपी ग्यास, रेगुलेटर एवम् त्यसमा लाग्ने चुल्हो वितरण गरेको छ ।

बातावरण स्वस्थ र स्वच्छ बनाउन, बालविवाह नगर्ने–नगराउने, नियमित शौचालय प्रयोग गर्ने, छोरीलाई नियमित रुपमा विद्यालय पठाउने लगायत राज्यले तोकेका मापदण्ड पालना गर्ने शर्तमा गाउँपालिकाले सर्वसाधारणलाई खाना पकाउने एलपी ग्यास, चुल्हो र त्यसमा प्रयोग हुने सम्पूर्ण सामग्री प्रदान गरिएको गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले जानकारी दिए ।


‘बन, जंगल फडानी रोकी बातावरण संरक्षणमा योगदान पुर्याउने, घरमा शौचालय प्रयोग गरि नियमित रुपमा प्रयोग गर्ने छु,’ ग्यास सिलिण्डर र अन्य सामग्री बुझेको भरपाईमा उल्लेख छ ।

स्थानीयलाई त्यतिकै ग्यास सिलिण्डर र चुल्हो सेट दिइएको छैन स्थानीयलाई सुबिधा संगै स्थानियाबासीलाई वातावरण र बातावरण संरक्षणको क्षेत्रमा समेत सजग हुनको लागि प्रतिबद्दता जाहेर गर्न लगाइएको छ, जसले गर्दा स्थानीयले सुबिधा संगै गाउँपालिकाको उदेश्यसमेत पुरा हुनेछ |

ग्यास सिलिण्डर र चुल्हो सेट पाएका सर्वधारणले ९ बुँदे प्रतिवद्धता पूरा गर्नुपर्ने प्रावधान राखिएको छ, ति प्रतिबद्दाता र प्रावधान पुरा गर्नेलाई उक्त सुबिधा दिइएको बताउछन अध्यक्ष शाह |

गाउँपालिका प्रमुख शाहले नरैनापुरका ९ हजार पाँच सय घरधुरीलाई वितरण गरिनेछ जानकारी दिए ।

प्रतिक्रिया