यस श्री सन्तानेश्वर महादेव मन्दिर झण्डाहवालाई पश्चिम क्षेत्रकै पर्यटकीय स्थलको रुपमा विकास गर्ने अभ्यास नरैनापुर गाउँपालिकाले थालेकोछ ।
श्रावण २ गते गा.पा.को आयोजनामा आगन्तुक श्रद्धालु भक्तजन दर्शनार्थी पर्यटकहरुलाई प्रवेशद्वारमा खादा ओढाई अबिर टिका लागाईस्वागत कार्यक्रम आयोजना गरिएको थियो। भने श्री सन्तानेश्वर महादेव मन्दिर परिसरमा स्वयम् पुगी नेपालको झण्डा फहराई भ्रमण नरैनापुर भ्रमण वर्ष २०२१ सुभारम्भ गर्नु भएको हो ।
स्वागत कार्यक्रममा आगन्तुक श्रद्धालु भक्तजन दर्शनार्थी पर्यटकहरुलाई पानी , प्राथमिक उपचार निशुल्क व्यवस्था गरिएको थियौ । स्वागत कार्यत्रमmमा मध्यपश्चिमकै चर्चित पत्रकार , समाजसेवी युवा अभियान्ता लगायत करिब १० हजार बढी आगन्तुक श्रद्धालु भक्तजन दर्शनार्थी पर्यटकहरुको आगमन भएको थियौ ।
कार्यक्रमका दौरानमा टिसर्ट छपाई वित्तरण गरिएको हो र टिशर्टको अगाडी नरैनापुरको अति रमणीय सुन्दर ठाउँ सन्तानेश्वर महादेव घुम्न जाउँ र पछाडी भागमा स्थानीय पर्यटनको प्रर्बद्धन गरौ सन्तानेश्वर महादेवको दर्शन गरौ भन्ने नारा लेखिएको थियो । गा.पा.को, यस क्षेत्रलाई मध्यपश्चिमकै एक प्रख्यात पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना छ ।
दर्शनार्थीहरुको भीड बढे लगत्तै मन्दिर परिसर फोहोर हुदै गएको थियो र हाल सरसफाईको जिम्मेवारी नमूना युवा क्लब कोहलाले पाएकोछ । अन्तर राष्ट्रिय युवा दिवसको अवसरमा क्लबले प्रबेशमार्ग देखि मन्दिर परिसर सरसफाई पनि गरिएको थियो ।









