नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीले बाँके क्षेत्र नम्बर ३ मा ५०१ सदस्यीय निर्बाचन परिचालन कमिटि निर्माण गरेको छ ।
बिहीवार नेकपा एस बाँके क्षेत्र नम्बर ३ का अध्यक्ष भद्र प्रसाद देबकोटाको अध्यक्षता र दल बहादुर सुनारको प्रमुख आतिथ्यमा बसेको भेलाले स्थानीय तहको चुनावको लागी ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरेको हो ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनकोलाई मध्यनजर गर्दै नेकपा एस बाँकेले स्थानीय तहमा निर्वाचन परिचालन कमिटी निर्माण गरेको नेकपा एस बाँकेका नेता ऋषि पोखरेलले बताएका छन् ।
साथै नेकपा एस क्षेत्र नम्बर ३ ले १५ दिने निर्वाचन परिचालन क्षेत्रीय, प्रदेश निर्वाचन, गाउँपालिका, वडा कमिटि र टाेलकमिटि गठन तथा पुनर्गठन गरि सम्पुर्ण मतदाताकाे घर आगनमा घरदैलाे कार्यक्रम संचालन गर्ने निर्णय गरेको नेता पोखरेलले बताए ।
कार्यक्रममा नेकपा एसका नेता लाल बहादुर खत्री, हाेमनाथ सापकाेटा, मन कुमारी चन्द, भगवती शाह लगायतको सहभागीता रहेको थियो ।









