डुडुवामा जनप्रतिनिधि र शिक्षा सम्बद्ध पदाधिकारीलाई ३ दिने क्षमता विकास कार्यशाला

सन्तोष गुप्ता :

डुडुवामा जनप्रतिनिधि र शिक्षा सम्बद्ध पदाधिकारीलाई ३ दिने क्षमता विकास कार्यशाला

बाँकेको डुडुवा गाउँपालिकामा जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुका लागि क्षमता विकास कार्यशाला सुरु भएको छ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत युएसएआइडीको सहयोगमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कार्यशाला आयोजना गरेको हो ।

तीन दिनसम्म चल्ने कार्यशालामा गाउँपालिकाका ६ वटै वडाका अध्यक्ष, विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका प्रतिनिधि र राष्ट्रिय प्रारम्भिक शिक्षा पढाई कार्यक्रमका शिक्षकहरुको सहभागिता रहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्जय कुमार कर्णले जानकारी दिनुभयो ।


कार्यशालामा शाखा प्रमुख कर्ण, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक उपेन्द्र भण्डारी, श्रोत ब्यक्ति राम एकवाल मण्डल र शिक्षा शाखाकै सन्तोष कुमार गुप्ताले सहजीकरण गरिरहनुभएको छ ।


स्थानीय तहका पदाधिकारीहरुको क्षमता बढाउन कार्यशाला गरिएको हो। कार्यशालाको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष साहिदा बानोले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष बानोले कार्यशाला परिणाममुखी हुने बिश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया