भोलिबाट सुरु हुने शैक्षिक मेलामा जोडियो कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट

नेपालगन्ज :

भोलिबाट सुरु हुने शैक्षिक मेलामा जोडियो कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट

स्वदेशी शिक्षा सबैको इच्छा नेपालमै अध्यन गर्नुपर्छ भन्ने मुल उदेश्य बोकेर भोलि देखि नेपालगन्जमा संचालन हुन लागेको शैक्षिक मेलामा नेपालगन्जको कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट समेत जोडिएको छ ।

पोखरा बिश्वबिद्धालयबाट सम्बन्धन लिएर संचालन भएको कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगन्जकै पहिलो इन्जिनियरिङ कलेज हो जहाँ बिई सिभिल र बिई आइटिको पढाइ हुने गर्दछ ।

कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगन्जमा मात्रै नभएर राजधानी बाहिर बिई आइटिको अध्यन हुने पहिलो कलेज समेत हो ।

मेलामा आफ्नो कलेज जोडिन पाउँदा खुसी ब्यक्त गर्दै कलेजका डाइरेक्टर बेदराज डिसिले यस्ता शैक्षिक मेलाको आवश्यकता रहेको र यस्ता मेलाले नेपालगन्जको शैक्षिक अवस्थालाई सुधार गर्न महत्त्वपूर्ण भुमिका खेल्ने समेत बताएका छन् ।

स्टडि इन नेपाल शैक्षिक मेलाको प्रदेश पाँच संयोजक भरत बिष्टले मेलाको तयारी सकिएको र मेलाले नेपालमै अध्यन गर्नुपर्छ भन्ने संदेश दिनेमा बिश्वास लिएको बताएका छन् ।

प्रतिक्रिया