नेपालगन्ज : स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बाँकेमा टिकटको लागी निकै कसरत चलिरहेको छ । कसरत टिकटको लागी मात्रै होइन केही प्रत्यासी उमेदवारले चुनावी प्रचारप्रसारको कार्य समेत अगाडी बढाइ सकेका छन् ।
त्यही क्रममा जानकी गाउँपालिकामा समेत बिस्तारै चुनावी माहोलले जिल्लामा चर्चाको बिषय बन्दै गएको छ ।
आ-आफ्ना पार्टी र गठबन्धनको तयारी र उमेदवार छनौटको दौडमा नेता तथा कार्यकर्ता लागेको पाइन्छ यस्तोमा नेकपा एकीकृत समाजबादी जानकी गाउँपालिका सचिव समेत रहेका सुनिल घिमिरेको नाम वडा नम्बर चारको अध्यक्षको उमेदवारको रुपमा पछिल्लो समय चर्चामा रहेको छ ।
नेकपा एसका घिमिरे सम्भवत सत्ता साझेदार गठबन्धनको उमेदवारको रुपमा प्रस्तुत बनेका छन् । नेकपा एकीकृत समाजबादीले अध्यक्ष र उपाध्यक्ष दाबी नगर्दा वडा अध्यक्षमा रोजाइ पर्ने सम्भावना समेत प्रवल रहेको बताइन्छ ।
यदि जानकी चारमा सुनिल घिमिरे गठबन्धनबाट उमेदवार बन्ने पक्का जस्तै बन्दा एमालेका बिश्राम बर्मा संग चुनावी भिडन्त हुने पक्का छ ।
जानकी ४ मा एमालेका तर्फबाट विश्राम बर्माले टिकट पाउने पक्का बताइदै आएको छ ।









