नेपालगन्जको नमस्ते भिलेज रिसोर्टमा ‘कोरियाली रोजगारी, नेपालमा सम्भावना’ गोष्ठी हुँदै

नेपालगन्ज :

नेपालगन्जको नमस्ते भिलेज रिसोर्टमा 'कोरियाली रोजगारी, नेपालमा सम्भावना' गोष्ठी हुँदै

आउदो १६ र १७ गते क्रमश नेपालगन्ज र धनगढीमा कोरियाली रोजगारी, नेपालमा सम्भावना” नामक एक दिने गोष्ठी संचालन हुने भएको छ ।

अंकुर नेपाल (कोरिया रिटर्नीहरुको साझा संस्था) को आयोजना र एच आर डि कोरिया (Nepal EPS Center) को सहयोगमा यहि आउँदो २८ तारिख नेपालगंजमा र २९ तारिख धनगढीमा “कोरियाली रोजगारी, नेपालमा सम्भावना” नामक एक दिने गोष्ठी संचालन हुने भएको हो । उक्त गोष्ठीमा नेपाल इपिएस सेन्टरका प्रमुखको पनि उपस्थिती रहने आयोजकले बताएको छ ।

गणतन्त्र कोरियागई नेपालमा फर्किनु भएका (विशेषत: नेपालगंज, सुर्खेत, दाङ्ग, धनगढ़ी क्षेत्रका) सबैलाई गोष्ठिमा आउन अंकुर नेपालले आव्हान गरेको नमस्ते भिलेज रिसोर्टका मार्केटिङ म्यानेजर ड्यानियलले जानकारी दिएका छन् ।

गोष्ठी नेपालगन्जमा २०७६ फागुन १६ गते (२०२० फेब्रुवरी २८ तारिख) का दिन नमस्ते भिलेज रिसोर्ट, गनापुर , बाँकेमा बिहान १० बजे सुरु हुनेछ भने इच्छुकले पशुपती दुलाल ९८५८०२३७२१ , रेशम के सी ९८५७८३१४९९ र सूर्य के सी ९८५८०५७६७० मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

त्यस्तै धनगढीमा २०७६ फागुन १७ गते (२०२० फेब्रुवरी २९ तारिख) मा होटेल साथी, धनगढीमा बिहान १० बजे देखि सुरु हुनेछ । भने धनगढीको गोष्ठीको लागि त्रिलोक राज पनेरु ९८१५६११००८ , हेमन्त राज जोशी ९८५८७५२९९७ र मनोज ओझा ९८५११२६४६८ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया